काँकरभिट्टा । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको भन्दै नेपाल र भारत दुई देश राष्ट्रको हैसियतमा बराबर भएको बताउनु भएको छ ।
भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । चौधरीसँगको अन्तरवार्ता यही सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।