पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, समसामयिक राजनीति र पार्टी विधानबारे छलफल

काठमाडौँ, साउन ४: नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएको छ। आइतबार दिउँसो च्यासल पुगेर भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग भेट गर्न लाग्नुभएको हो।

यस भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ। पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएपछि उहाँले अध्यक्षसँग भेट गर्न लाग्नुभएको हो। आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरूको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिनुभयो।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष र दुई कार्यकाल व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई पोलिटब्युरो बैठकले अनुमोदन गरिसकेको छ। यो परिवर्तनले एमालेको नेतृत्व संरचनामा दीर्घकालीन प्रभाव पार्ने सम्भावना छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.