कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा मतदाता दर्ता समूह गठन गर्न परिपत्र: ‘जेन–जी’ पुस्तालाई आकर्षित गर्ने लक्ष्य

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी २१ फागुनमा हुने आम निर्वाचनलाई लक्षित गर्दै नयाँ मतदाता नामावली सूचीकृत गर्नका लागि ‘मतदाता दर्ता समूह’ गठन गरेर अभियान चलाउन पार्टी संगठनहरूलाई परिपत्र जारी गरेका छन्।

निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकेको सन्दर्भमा महामन्त्रीद्वयले पार्टी संरचनालाई छठ पर्व लगत्तै नयाँ मतदाता दर्ता अभियान चलाउन वडा कमिटीसम्मलाई निर्देशन दिएका हुन्।

परिपत्रमा पार्टी संरचनाहरूलाई विशेष गरी युवा उमेर समूहसँग छलफल गर्न र ती युवा समूहबाटै प्रतिनिधि खटाएर मतदाता दर्ता समूह गठन गर्न भनिएको छ। उनीहरूले यस अभियानमा परिचालन हुनका लागि माथिल्लो तहका कमिटीले तल्लो तहका कमिटीसँग समन्वय गरी वातावरण बनाउन पनि निर्देशन दिएका छन्।

महामन्त्रीद्वयको यो सक्रियतालाई देशमा भएको जेन–जी आन्दोलनपछि मतदाता सूचीमा नाम दर्ता गराउने नयाँ पुस्ताका मतदाताहरूमा बढेको आकर्षणलाई आफ्नो पक्षमा आकर्षित गर्ने संकेतका रूपमा हेरिएको छ। महामन्त्री थापाले यसअघिदेखि नै नवपुस्ताका मतदातालाई आकर्षित गर्नुपर्ने बताउँदै आएकोमा जेन–जी आन्दोलनपछि आन्दोलनमा सहभागी युवाहरूलाई आफ्नो पंक्तिमा ल्याउन विशेष पहल गरिरहेका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.