मोटरसाइकल र्याली र जनसभाको तयारी पूरा

२४ कात्तिक , मेचीनगर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर, नगरकमिटीले मंगलबार आयोजना गरेको सद्भाव र्याली र पालिका स्तरीय कोणसभाको तयारी पूरा भएको जनाएको छ । सोमबार झापा मेचीनगर( १० को धुलावारीमा पत्रकार सम्मेलन गर्दैँ तयारीको बारेमा जानकारी गराएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलन पार्टीको मेचीनगर नगरकमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको थियो । झापाको मेचीनगर( १० धुलावारीबाट चारआलीसम्मको चार किलोमिटरको दुरी मोटरसाइकल र्यालीका लागि तय भएको पत्रकार सम्मेलनमा बताईयो । सडकको अवस्थालाई हेरेर धुलाबारी चारआलीसम्मको यात्रा तय गरिएको पत्रकार सम्मेलनमा बताईयो ।

संविधानले नचिनेको सरकारको खारेजी र संसद् पुनःस्थापनाको जोडदार मागसहित आयोजित मोटरसाइकल र्यालीमा करीब २ हजार ४० वटा सम्म मोटरसाईकल सहभागी हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा बताईयो ।

शहीदहरूको बलिदान र जनआन्दोलनको जगमा संविधानसभामार्फत निर्माण भएको नेपालको संविधान २०७२ लाई निष्तेज तुल्याउने गरि सुनियोजित हत्या, हिंसा, आगजनी र आतंक सिर्जना गर्ने लगायतका अनेक खालका प्रतिगामी चलखेल र गतिविधि भइरहेको सत्यतथ्य कसैका सामु लुकेको छैन् ू पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा भनिएको छ ।

भदौ २३ गते जेन-जी प्रदर्शनका क्रममा निधन भएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली र घाईते सवैको राज्यकातर्फबाट निस्शुल्क उपचारको व्यवस्था र शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

जननिर्वाचित सरकारको वहिर्गमन, संसद् विघटन जेन(जी प्रदर्शनको माग नभएको पत्रकार सम्मेलनमा वितरीत प्रेस नोटमा उल्लेख छ । जेन-जी समूहको भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने, आर्थिक समृद्धि हासिल गर्ने लगायतका मागप्रति पार्टीको समर्थन रहेको पत्रकार सम्मेलनमा बताईयो ।
नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईं, हरिचरण बानियाँ र भीमबहादुर खवासलगायतको उपस्थिति रहेको थियो ।

नगरकमिटी सचिव सागर ओलीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सहभागी पत्रकारलगायत पार्टीको विभिन्न तहका नेता, पार्टीको विभिन्न जनवर्गीय संघ संगठनका प्रमुख प्रतिनिधिलाई शब्दद्वारा उपाध्यक्ष कञ्चनकुमार तामाङले स्वागत गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.