काठमाडौँ-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ सुरु, एनएफसी प्रविधिमा आधारित पहिलो वडा

काठमाडौँ महानगरपालिका–२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ‘नियर फिल्ड कम्युनिकेसन’ (NFC) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ को शुभारम्भ गरेको छ। काठमाडौँ महानगरपालिकाको मेट्रिक ठेगाना प्रणालीलाई रूपान्तरण गर्दै यो नयाँ प्रविधि लागू गर्ने वडा नं २६ महानगरको पहिलो वडा बनेको छ। वडाध्यक्ष तथा महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्षद्रव्य ६१११’ कोडसहितको सूचनापाटी (नम्बरप्लेट) जडान गरी यस प्रणालीको शुभारम्भ गरेका हुन्।

वडाध्यक्ष तिवारीका अनुसार, यो प्रणाली जडान भएपछि वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिनेछ। नयाँ सूचनापाटीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोर्ड’ र ‘चिप्स’ सहितको ठेगाना समावेश गरिएको छ। यसमा नेपाली स्थानीय ‘कोड’ सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ पनि रहनेछ। यो प्रणालीले फोहर सङ्कलन, तथ्याङ्क सङ्कलन, स्थानीयस्तरबाट सूचना प्रवाह, विपद् व्यवस्थापन, राजस्व सङ्कलन र वडास्तरीय योजना तर्जुमालाई शीघ्र र न्यून लागतमा प्रभावकारी बनाउन सहयोग पुग्ने वडा कार्यालयले जनाएको छ।

कामपा–२६ का वडासचिव केदार रिमालका अनुसार, वडाभित्रका लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुशी, रानीबारी र नयाँबसपार्कलगायत क्षेत्रमा रहेका छ हजार ८५० घरधुरीमा यो प्रणाली जडान हुनेछ। यस प्रणालीको जडानमा करिब ४५ लाख रुपैयाँ लाग्ने र घर थपिएसँगै क्रमशः जडान गरिँदै लगिने वडा कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.