काँकरभिट्टा माध्यमिक विद्यालयमा कक्षा ६ बाट कक्षा १२ सम्म अध्ययन र पछि कक्षा ११/१२ को शिक्षक समेत भएर ८ वर्ष काम गरेको पूर्व विद्यार्थी र शिक्षकको हैसियतले केही कुरा राख्न मन लाग्यो ।
काँकरभिट्टाको आम सर्वसाधारणका छोरा छोरीलाई सर्वसुलभ शिक्षा दिदैं आफ्नो ५५ वर्षको सूनौलो इतिहास बोकेको विद्यालयलाई केही दिन देखि सामाजिक सञ्जालका भित्ताहरुमा बदनाम गराउने प्रयास गरिन्दैछ । त्यसको एउटै उद्देश्य काँकरभिट्टा मा.वि.को स्तर राम्रो छैन भनेर भ्रम फैलाउनु रहेको छ । कसले कुन सोचका साथ काँकरभिट्टा मा.वि.लाई तल्लो स्तरमा रुपान्तरण गर्न खोज्दैछ र त्यसबाट नितान्त केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वर्थपूर्ती गर्नु भन्दा अरु केही होइन।
अहिले व्यवस्थापन समिति नबनेको भन्ने कुरा आइरहेको छ । व्यवस्थापन समितिमा रहने ९ जना मध्ये ७ जनाको चयान भइसकेको छ । ती ७ जनाको बैठकबाट अरु २ जना छनोट गर्नु पर्छ तर स्थानीय राजनीतिक दलले सहमति गरेर पठाउने प्रचलन रहे बमोजिम अरु २ जना छनौट हुन बाँकी रहेको छ । अरु २ जना छनौंट नहुन्जेल सम्म विद्यालयको दैनिक काम कारबाही गर्न ७ जना मध्ये ज्येष्ठ सदस्यले अध्यक्षता गरेर मजाले दैनिक काम कारबाही गर्न सकिन्छ ।
स्मरण रहोस् काँकरभिट्टामा सञ्चालित अधिकांश निजि विद्यालयका प्रिन्सिपलहरु यसै विद्यालयका उत्पादन हुन् । यस विद्यालयका उत्पादनहरु नेपाल सरकारको विशिष्ट श्रेणी सम्मको ओदाहा र नेपाल राष्ट्र बैंकको निर्देशक सम्म बनेका छन् ।
यस विद्यालयले अत्याधुनिक प्रविधि सहितको कम्प्युटर ल्याब देखि कक्षा ११/१२ का प्रत्येक शिक्षकलाई ल्यापटप किन्न केही रकम अनुदान दिएर हाल सम्पूर्ण कक्षाहरु डिजिटलाइजेसनका माध्यमबाट पढाइ भैरहेका छन् ।
भौगोलिक अवस्थिति र शान्त शैक्षिक वातावरण भएको यस विद्यालयलाई हामीले सामाजिक संजालमा बदनाम गर्नुको साटो यसलाई कसरी अझ राम्रो बनाउने तर्फ ध्यान पु¥याउन जरुरी छ ।
यस विद्यालयलाई राम्रो बनाउन एक मात्र प्रमुख काम भनेको यसलाई राजनीतिक दलको नङ्ग्राबाट बचाउन सकियो भने विद्यालय त्यसै राम्रो भएर जानेछ ।