मेचीनगर स्वास्थ्य स्वयंमसेविका सम्मानित

१९ मंसिर, मेचीनगर : ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको प्रतिवद्घता स्वस्थ्य प्रवद्र्घनमा हाम्रो एक्यवद्धता’ भन्ने नाराका साथ मेचीनगर नगरपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा उत्कृष्ट १६ जना महिला सामुदायिक स्वयंसेविकमहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।

निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेती, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी सामाजिक विकाश समिति संयोजक हृदय राजवंशी र नगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले उनीहरुलाई दोसल्ला अविर टिका तथा नगद प्रदान गर्नुभएको थियो ।

सुकमति राजवंशी, लक्ष्मी कट्वाल, कुसुम चौधरी, इन्दिरा घिमिरे, सीता दाहाल, मुना कट्वाल, लालमाया देवकोटा, सरिता श्रेष्ठ, मेनुका माझी, दिव्य माझी, मत्तजु नेपाल, सरस्वती घिमिरे, सीता भण्डारी, वेलकुमारी धिमाल, सशीला चापागाईँ, शीला खरेललाई कामको उचित मुल्याङ्क गदैं सम्मान गरिएको हो । नगरभित्र रहेका स्वास्थ्य केन्द्रको सिफारीशमा उनीहरुको नाम छनौट गरिएको थियो । कार्यक्रममा बोल्दैं निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीले कोभिड नियन्त्रण तथा रोकथाममा समेत महिला सामुदायिक स्वयंसेविकमहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

समुदायमा रहेर निरन्तर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्य स्वयंमसेविकालाई नगरपालिकाले प्रोत्साहान र मनोबल वृद्धिको लागि सम्मान गरेको उहाँले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले समुदाय स्तरमा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य स्वयंमसेविकाको हौशला बढने हुनाले थप काम गर्न सजिलो हुने समेत बताउनुभयो । सम्मानित सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई बधाई दिदै उहाँले समुदायका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वायंमसेविकाले खेलेको भुमिकाको प्रसंशा गर्नुभयो ।

मेचीनगर नगरपालिका भित्र स्वास्थ्य स्वायंमसेविका योगदान महत्वपुर्ण रहेको भन्दै आगामी दिनमा समुदाय स्तरमा दिने सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ भण्डारी सामाजिक विकाश समिति संयोजक हृदय राजवंशी , स्वस्थ्यकर्मी दीपेन्द्र चौधरी र सम्मानित सामुदायिक स्वास्थ्य स्वयंमसेविका वेलकुमार धिमाललगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.