प्रेस युनियनकाे प्रदेश महासचिवमा निराैला उम्मेद्वार हुने

१३ पुस,  झापा : नेपाल प्रेस युनियनको प्रदेश १ को महासचिवमा झापाका पत्रकार ज्ञानेन्द्र निरौला उम्मेद्वार हुने हुनु भएको छ ।

प्रेस युनियन झापाको बुधबार सम्पन्न जिल्ला भेलाले पुस २३ र २४ गते बिराटनगरमा हुने प्रदेश अधिवेशनमा निरौलालाई महासचिवमा उम्मेद्वार बनाउने निर्णय गरेको युनियन झापाका कार्यबाहक सभापति गिरीराज भट्टराईले जानकारी दिनुभयो ।

लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाका रूपमा रहेको प्रेस युनियनको प्रदेश समितिको उपयुक्त पदमा झापाका खेम बराललाई पनि उम्मेद्वार बनाउने भेलाले निर्णय गरेको भट्टराईले बताउनुभयो । युनियनको प्रदेश अधिवेशनमा ३०० बढी मतदाता हुने बताईएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.