२६ माघ, मेचीनगर: संविधानसभा सदस्य माेहन टुडुलाई मातृशाेक परेकाे छ । नेकपा माओवादी केन्द्र झापा सचिव समेत रहनु भएका टुडुकी ७४ वर्षीया आमा दुलारी टुडुकाे उपचारका क्रममा आज बिहीबार बिहान ५: १३ मेची प्रदेशिक अस्पताल भद्रपुरमा निधन भएकाे बताईएकाे छ । झापा हल्दीबारी गाउँपालिका -२ मा स्थायी बसाेबास गर्दै आउनु भएकी स्वर्गीय टुडु धेरै समय अघिदेखि दम , प्रेसर र मुटुलगायत अन्य राेगबाट पीडित हुनुहुन्थ्यो । उहाँकाे बिहीबार नै आफ्नै रीतिरिवाज अनुसार स्थानीय देवनिया खाेलामा अन्त्येष्टि गरिने जनाईएकाे छ ।
स्वर्गीय टुडुका पतिकाे करिब ६ वर्ष अघि नै मृत्युभएकाे नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले जानकारी दिनुभयाे । उहाँका माेहन र अरू दुईगरी तीनजना छाेरासहित अन्य परिवार रहेका छन् । माेहन टुडु माईला पुत्र हुनुहुन्छ । “आमा अन्ततः मलाई सदाको लागि टुहुरो बनाएर छोडेर जानुनै भयो। तपाईंलाई बचाउने हजार मेरा प्रयासहरु असफल भए आमा तपाईं जहा रहेनि सधै खुसी रहनु आमा” संविधानसभा सदस्य टुडुले आफ्नाे फेसवुक पेजमा लेख्नुभएकाे छ ।