Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

६४ वर्षपछि विराटनगर विमानस्थलको रूप फेरिँदै

सवा तीन अर्ब लगानीमा देशकै दोस्रो ठूलो टर्मिनल भवन र धावनमार्ग लम्ब्याएर १७ सय ७० मिटर पुर्‍याइँदै

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • February 15, 2023
  • 11:00 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कोशी प्रदेश, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
188 2
A A
Share on FacebookShare on Twitter
६४ वर्षपछि विराटनगर विमानस्थलको रूप फेरिँदै

आन्तरिक हवाई यात्रुको चाप बढ्दै गएपछि विराटनगर विमानस्थलको स्तरोन्नति सुरु भएको छ । करिब तीन अर्ब ३० करोड लगानीमा विमानस्थलमा नयाँ सुविधासम्पन्न टर्मिनल भवन निर्माणका साथै धावनमार्ग पनि विस्तार गर्न लागिएको हो ।

नयाँ टर्मिनल भवनको सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिलान्यास गरेका छन् । ०२५ सालमा बनेको आधा शताब्दी पुरानो टर्मिनल भवनको उत्तरतर्फ नयाँ आधुनिक भवन निर्माण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यस्तै, विमानस्थलको धावनमार्ग पनि थप दुई सय ७० मिटर लम्ब्याएर १७ सय ७० मिटर पुर्‍याइने भएको छ । हाल १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग सञ्चालनमा छ । धावनमार्ग विस्तार भएपछि हवाई उडान थप सुरक्षित हुने उनले बताए ।

२२ असार ०१५ मा सञ्चालनमा आएको विराटनगर विमानस्थलको ६४ वर्षपछि रूप फेरिने भएको हो । विमानस्थलमा टर्मिनल भवन, जहाज पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङ, धावनमार्ग विस्तारलगायत काम सम्पन्न गर्न भ्याट र पिएससहित करिब तीन अर्ब ३० करोड लगानी लाग्ने अनुमान क्यानको छ ।

विराटनगर विमानस्थल पूर्वी नेपालको ‘हब’ विमानस्थल हो । यहाँबाट काठमाडौंसहित तुम्लिङटार, भोजपुर, पोखरा, माउन्टेन फ्लाइटलगायत विभिन्न गन्तव्यमा नियमित उडान हुन्छ । नयाँ टर्मिनल भवन निर्माण, पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङका लागि भ्याट र पिएसबाहेक दुई अर्ब ४२ करोडमा निर्माण गर्ने केसी–डाँफे जेभीसँग ठेक्का सम्झौता भइसकेको छ ।

आगामी तीन वर्षभित्र निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लिखित सबै कामहरू सम्पन्न गरिसक्नुपर्ने क्यानका महानिर्देशक अधिकारीले बताए । तर, धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । ‘छिट्टै धावनमार्ग विस्तारका लागि पनि ठेक्का आह्वान हुँदै छ,’ क्यान स्रोतले भन्यो, ‘धावनमार्ग विस्तारका लागि करिब २० करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।

पुरानो टर्मिनल भवनलाई यथावत् अवस्थामै राखेर अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अहिले भइरहेको टर्मिनल भवन पुरानो, साँघुरो र सुविधाविहीन भएपछि क्यान नयाँ टर्मिनल बनाउन कस्सिएको हो । क्यानले विराटनगरसहित भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्ला विमानस्थलको पनि स्तरोन्नति गर्दै छ ।

दोस्रो ठूलो टर्मिनल भवन
११ मंसिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले टर्मिनल भवनको निर्माण सुरु गरिसकेको क्यानका प्रबन्धक नलविक्रम थापाले बताए । ‘पुरानो भवनलाई स्तरोन्नति गर्ने होइन, अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउने हो,’ उनले भने, ‘अब कम्तीमा २०–२५ वर्षलाई यात्रुको चाप थेग्ने गरी टर्मिनल बनाउँछौँ ।’

नयाँ टर्मिनल भवन आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि भविष्यमा क्रस बोर्डर उडान–अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुलाई सोही टर्मिनल भवनबाट सुविधा दिन सकिने व्यवस्था मिलाइएको महानिर्देशक अधिकारीको भनाइ छ । तर, धावनमार्ग विस्तार भने तत्काल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २५ सय मिटर लामो नहुने भएको हो ।

यसअघि संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको साझेदारीमा विराटनगरमा एयरबस ३२० वा सोसरहका जहाज उडान–अवतरण गर्न सक्ने गरी २५ सय मिटरको धावनमार्ग बनाउने गुरुयोजना तयार भएको थियो । तर, बजेटको अभावमा जग्गा अधिग्रहण प्रक्रिया नै रोकिएपछि अन्तर्राष्ट्रिय मापदण्डको धावनमार्ग बनाउने काम पनि रोकिएको छ ।

नयाँ टर्मिनल भवन १६ हजार दुई सय ७७ वर्गमिटर क्षेत्रफलको हुनेछ, जहाँ पिक आवरमा १८ सय हवाई यात्रुलाई सेवा दिन सकिनेछ । यो टर्मिनल भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो हुने महानिर्देशक अधिकारीले बताए । उनका अनुसार भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५ हजार वर्गमिटर र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ हजार वर्गमिटरको टर्मिनल भवन छ । आन्तरिक विमानस्थलतर्फ भने देशकै ठूलो टर्मिनल भवन हुनेछ । देशमा अहिले तीनवटा अन्तर्राष्ट्रियसहित ५३ वटा विमानस्थल निर्माण भएका छन् ।

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत आधुनिक सुविधा रहनेछन् । यस्तै, पुरानो टर्मिनल भवन भएको ठाउँमा पार्किङस्थल बनाउने योजना छ ।

टर्मिनल भवनमा एभिएसी, सिसिटिभी, स्मोक डेस्टिनेसन सिस्टम, फायर आर्लाम, हाइड्रेन्ट, स्प्रिंक्लर सिस्टम, पिए सिस्टम, आइटी सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिष्टम, वाटर ट्रिटमेन्ट, ढल ट्रिटमेन्ट प्लान्टजस्ता सुविधाहरू पनि रहनेछन् । यस भवनमा पर्याप्त कमर्सियल स्पेसको व्यवस्था हुने अधिकारीले बताए ।

हाल विराटनगरमा काठमाडौंबाट बुद्ध एयरका सात, यती एयरलाइन्सका चार, सौर्यका दुई र श्री एयरलाइसन्का तीन गरी दैनिक १६ उडान भइरहेका छन् । त्यहाँ एटिआर–७२, एटिआर–४२ सिआरजे २००, डिएचसी–८, डिएचसी–६, बी१९० जस्ता मझौला विमानहरूले सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

समयमै काम सम्पन्न हुनुपर्छ
सुदन किराँती, पर्यटनमन्त्री
विराटनगर विमानस्थलमा बनाइने नयाँ टर्मिनल भवन प्रदेश १ को विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुनेछ । बढ्दो हवाई यात्रुलाई सहज र स्तरीय सेवा दिन सकिने गरी टर्मिनल भवन बनाइँदै छ । यो टर्मिनल भवन निर्माणको ठेक्का पाएको कम्पनीले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्नुपर्छ । समयमै गुणस्तरीय काम हुनुपर्छ । दायाँ–बायाँ भन्ने हुँदैन ।

सुविधासम्पन्न टर्मिनल बन्नेछ
प्रदीप अधिकारी, महानिर्देशक, क्यान
हामीले नयाँ सुविधासम्पन्न टर्मिनल भवन बनाउँदै छौँ । यस्तै, धावनमार्ग थप दुई सय ७० मिटर लम्ब्याउने योजना छ । सन् २०२५ भित्र टर्मिनल भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि हवाई यात्रुले स्तरीय सेवा पाउनेछन् भने धावनमार्ग विस्तार भएपछि हवाई उडान थप सुरक्षित हुने विश्वास गरेका छौँ । यात्रुको चाप धेरै भएका अन्य अन्तरिक विमानस्थलका टर्मिनल भवन पनि स्तरोन्नति गर्ने योजना छ ।

-नया पत्रिकाबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
आत्महत्याको दर बढेकोमा कांग्रेस महामन्त्री शर्माद्वारा चिन्ता व्यक्त

आत्महत्याको दर बढेकोमा कांग्रेस महामन्त्री शर्माद्वारा चिन्ता व्यक्त

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In