मेचीनगर लेडी जेसीजको पद हस्तान्तरण : तिम्सिना र कोइरालासहित आठजना पुरस्कृत तथा सम्मानित

२८ पौष, झापा : यसवर्षको ‘जयन्ती बराल स्मृति पुरस्कार तथा सम्मान’ मेचीनगर लेडी जेसीजका शर्मिला तिम्सिनालाई प्रदान गरीएको छ । मेचीनगर लेडी जेसीज वर्ष २०१५ का अध्यक्ष टीका सुवेदीले आफ्नी माताको स्मृतिमा स्थापना गर्नुभएको सम्मान तथा पुरस्कार शनिबार सम्पन्न मेचीनगर लेडी जेसीजको १० औँ पद हस्तान्तरण समारोहमा पुरस्कारदाता टीका सुवेदीलगायतले तिम्सिनालाई प्रदान गर्नुभएको थियो । मेचीनगर लेडी जेसीज २०२३ का तालिम संयोजक तिम्सिनाले आफ्नो नेतृत्व र व्यक्तित्व विकासको क्रममा जेसीज यात्रामा पाईला राखेर जेसीजका हरेक गतिविधिहरुमा सदैव भूमिका निर्वाह गर्दै यसवर्षलाई उत्कृष्ट शाखा बनाउन अहम भूमिका निर्वाह गरेको भन्दैं ‘जयन्ती बराल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको हो ।

यसैगरी, संस्थाका संस्थापक अध्यक्ष कविता शर्माले आफ्नी दिंवगत सासुआमा सावित्रा र ससुराबुवा परशुराम शर्माको नाममा स्थापना गर्नुभएको पुरस्कार र सम्मान लक्ष्मी कोईरालालाई प्रदान गर्नुभयो । मेचीनगर लेडी जेसीज सन् २०२३ को सदस्यमा रहेर आफ्नो नेतृत्व र व्यक्तित्व विकासको क्रममा जेसीज यात्रामा पाईला राखेर जेसीजका हरेक गतिविधिहरुमा सदैव भूमिका निर्वाह गर्दै यसवर्षलाई उत्कृष्ट शाखा बनाउन अहम भूमिका निर्वाह गरेको भन्दैं उक्त पुरस्कार तथा सम्मान कोईरालालाई प्रदान गरिएको हो । पुरसकार तथा सम्मन संस्थापक अध्यक्ष कविता शर्मा तथा कार्यक्रम संयोजक सुष्मा राजवंशीले प्रदान गर्नुभएको थियो । उहाँको नाम मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष एवम् कानुनी सल्लाहकार सुशीला खतिवडाले घोषणा गर्नुभएको थियो ।

नेपाल जेसीज २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भिमबहादुर ‐राजु) कूवंर, उपाध्यक्षमा निर्वाचित घनश्याम चौधरी, योगेश राजवंशी, बहादुर तामाङ, कोषाध्यक्ष खेमराज थापा तथा तालिम संयोजकमा निर्वाचित सुयोग खरेललाइ सम्मन गरिएको छ। कूवंर अर्जुनधारा जेसीजका अध्यक्ष, चौधरी विर्तामोड जेसीजबाट, राजवंशी धुलावारी जेसीजबाट, तामाङ तरहरा जेसीजबाट थापा यनरुवा जेसीज र खरेल दमक जेसीजबाट निर्वाचित हुनुभएको हो । कार्यक्रममा उद्योगपति डाक्टर आशिष शर्मालाई समेत सम्मन गरिएको छ । सवैलाई प्रमुख अतिथि नेपाल जेसीज २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

पहिलो चरणको अध्यक्षता मेचीनगर लेडी जेसीज २०२३ का अध्यक्ष रश्मी थापाले गर्नुभएको थियो । कार्यक्रम संयोजक सुष्मा राजवंशीले स्वागत र मेचीनगर लेडी जेसीज २०२३ का महासचिव सविता पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमको दोस्रो चरणबाट मेचीनगर लेडी जेसीज २०२४ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन्् । पहिलो चरणमा मेचीनगर लेडी जेसीज २०२३ का अध्यक्ष रश्मी थापाले २०२४ का अध्यक्ष पवित्रा विमली प्रसाईलाई पद तथा गोपनियताको सपथ गराए लगत्तै नवनिर्वाचित अध्यक्ष प्रसाईले सन् २०२४ का पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । दोस्रो चरणको अध्यक्षता पवित्रा विमली प्रसाईले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा जेसीज आस्थावाचन मेचीनगर लेडी जेसीज २०२३ की तालिम संयोजक शर्मिला तिम्सिनाले गर्नुभएको थियो । मिसनभिजन सहसचिव रुबी श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख प्रसाई, संस्थाका संस्थापक अध्यक्ष कविता शर्मालगायतले शुभकामना व्यक्त गदैं जेसीजले विभिन्न ठाउामा पुर्याएको योगदानको चर्चा गर्नुभयो । सामाजिक काममा कृयाशिल संघ संस्थाहरु मध्ये जेसीज अग्रणी सामाजिक संस्थाको रुपमा रहेको र युवाहरुको नेतृत्व तथा क्षमता बिकास र समाजमा हुने हरेक क्रियाकलापमा जेसीजमा आबद्ध युवाहरु अग्र पंक्तीमा रहने बताउनुभयो । बिधिको शासनलाई विश्वास गर्ने जेसीजले आँफु र संगठनलाई चुस्त राख्नका लागि सदस्यहरुलाई प्रेरीत गर्ने, जेसीजमा आबद्ध युवा तथा बयस्कहरुबाट हाम्रो समाजले पनि धेरै अपेक्षाहरु पालेको सहभागी वक्ताहरुले बताएका थिए । जेसीसका निवर्तमान तथा बर्तमान पदाधिकारीहरुले विदाई मन्तव्य र प्रतिवद्घता मन्तव्य समेत व्यक्त गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.