९ फागुन, बाहुनडाँगी : कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा हात्ती प्रभावित क्षेत्रमा पदयात्रा बुधबारबाट शुभारम्भ भएको छ । ‘जीव, जनवार, जल, जंगल र जनतामैत्री जिम्मेवार प्रतिनिधि’ भन्ने मुख्यः श्लोग्नसहित प्रकृति संरक्षण र पर्यटन प्रवद्र्धनाक लागि हात्ती प्रभावित क्षेत्रमा ‘पदयात्रा २०८०’ झापाको मेचीनगर—४ बाहुनडाँगीबाट शुरु भएको हो ।
जस्को जंगल उस्को मंगल’ भन्ने कोशी प्रदेश सरकारको स्पष्ट नीति रहेको छ । जंगल जस्को हो त्यसैलाई छाडी दिनुपर्ने , घर जस्को हो उस्ले नै लिनुपर्ने कोशी प्रदेश सरकारको धारणा छ । बाटोको व्यवस्थापन गरेर करीडोर निर्माणका लागि झापाको बाहुनडाँगीदेखि उदयपुरको जोगीदहसम्म पैदल मार्फत हात्तीको वासस्थान, हात्ती हिड्ने बाटो, हात्तीले बीचमा खाना खाने ठाउँ हेर्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने भन्ने विषयमा अध्ययन गर्नसहित पदयात्राको उस अघि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यसअघि नै घोषणा गर्नुभएको थियो ।
सोहि घोषणा अनुसार २ सय ४० किलोमिटर दूरीको पदयात्रा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मानव–हात्ती द्वन्द्व समाधान गर्न सरोकारवालाहरुको धारणा बुझ्ने अभिप्रायले ‘हात्तीमैत्री पदयात्रा’ शुरु भएको हो । हात्ती प्रभावित ठाउँका नामले चिनिएको मेचीनगरको प्रसादे गौंडाबाट शुरु भएको यात्रा आठौं दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा पुगेर यात्रा आगामी १६ गते समापन हुने यात्रामा सहभागी नेपाल होेमस्टे महासंघका सदस्य एवम् विदेश विभाग सदस्य तथा मेचीनगर ४ नम्बर वडाका अध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीको अध्यक्षता तथा मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको हात्ती प्रभावित क्षेत्रमा ‘पदयात्रा २०८०’ को शुभारम्भका अवसरमा हात्तीका कारणले मृत्युवरण गरेका व्यक्ति तथा विविध कारण मृत्यु भएका हात्तीको स्मरणमा दुई मिनेट मौनधारण तथा गन्दर्भहरुले ‘जीव, जनवार, जल, जंगलको संरक्षण सम्बन्धि चेतनामुलक गीत प्रस्तुत गरेका थिए ।
संघीय सरकारका वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायत सहभागी टोलीले जंगली हात्तीको परम्परागत जैविक मार्गलाई पहिल्याउँने क्रममा मानव र हात्तीबीचको द्वन्द्वलाई न्यूनीकरण गर्ने उपायबारे टोलीले स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्कीले जानकारी दिनुभयो । मौसम खराव भएका कारण संघीय सरकारका वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतो मेचीनगर— ३ को डाडाँगाउँबाट टोलीमा सहभागी हुनुभएको थियो ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन मन्त्रालयका कर्मचारी सुसन पोखरेलले गर्नुभएको थियो । हात्ती नियन्त्रण र संरक्षणको गफ उहिलेदेखि धेरै भए पनि मुख्यमन्त्री कार्कीले बाहुनडाँगीबाट शुरु गर्नुभएको हात्तीमैत्री पदयात्राले अब चाँहि काम हुनेमा स्थानीयवासी आशावादी छन् । संसारमा समाधान गर्न सकिने कुनै समस्या नहुने भन्दैं मुख्यमन्त्री कार्की आफै संवाद यात्रामा हिँड्नु सकरात्मक कुरा भएको नेपाल होेमस्टे महासंघका सदस्य एवम् विदेश विभाग सदस्य कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय, प्रदेश र स्थानी तीनैतहको सरकार एक ठाउँमा भएर हात्तीको संरक्षण यसबाट हुने मानवीय तथा धनजनको क्षति कसरी रोक्न सकिन्छ, हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण एवम् मानव हात्ती सहअस्तित्व कसरी जोगाउन सकिन्छलगायतका विषयमा एकसाथ सम्बोधन हुने छ । प्रकृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि हात्तीमैत्री पदयात्रा–२०८० प्रभावकारी बन्ने विश्वास लिइएको उहाँको भनाई छ ।
यात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मारमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तयारी गरेको छ भने अर्जुनधारामा टोली बास बस्ने र स्थानीय सरकारले त्यसको व्यवस्थापन गर्ने बताइएको छ । दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई बृक्षरोपण, चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने कार्यतालिका छ । तेस्रो दिन दमक –२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, धानखेती शृजना, लेटाङ–४ को त्रिवेणी, जनसेवा, कमलपुर सामुदायिक वनमा बास बस्ने बताईएको छ । चौथो दिन लेटाङ–३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटिझोडा साझेदारी वन हुँदै खोर्साने खाप र इटहरी–२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने । पाँचौ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, ब्यापारीघाँरी, डुङ्गाबाट कोशी नदी तरेर श्रीलंका टापू हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उल्लेख छ । छैठौं दिन आम्बासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा, सातौं दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौं दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।
हात्तीमैत्री पदयात्रा शुभारम्भका अवसरमा मुख्यमन्त्री केदार कार्कीलाई झापाका हात्तीपीडित बाहुनडाँगीबासीले ११ बुँदे माग पेश गरेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की, नेपाली काँग्रेसका मेचीनगर वडानम्बर ४ का सभापति सागर कार्की, नेकपा एमाले मेचीनगर ४ का वडाअध्यक्ष तीर्थराज कार्की, नेकपा माओबादी केन्द्रका अध्यक्ष खगेन्द्र रामुदामु, रास्वपाका अध्यक्ष हस्तबहादुर खड्का र राप्रपा अध्यक्ष चन्द्रप्रसाद सुबेदी, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, नेकां. जिल्ला प्रतिनिधि निरज घिमिरे, शुभ चिया किसान सहकारीका अध्यक्ष रमेश दाहाल, समाजसेवीहरु गोविन्द न्यौपाने, दिपेन थापा, हरिप्रसाद उप्रेती र आरआरटी संयोजक न्यूटन कार्कीले हस्ताक्षर गर्नुभएको मागपत्रमा उल्लेखित माग पूरा गर्न प्रदेश सरकार र स्यवम् मुख्यमन्त्री गम्भीर बन्नु पर्ने उल्लेख छ ।