१४, फागुन मेचीनगर : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार काठमाडौंले गरेको कार्य सम्पादन मुल्यांकन अन्तर्गत झापाको विर्तामोड नगरपालिका ३७ दशमलव ४३ अंक प्राप्त गदैं जिल्लमा रहेका आठ वटा नगरपालिकामध्ये प्रथम भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्यांकन सार्वजनिक गरेको हो । कन्काई नगरपालिका २३ दशमलव ९४ अंकका साथ नगरपालिकाहरु मध्ये सबैभन्दा कम अंक प्राप्त गर्ने नगरपालिकामा चिनिएको छ । आयोगले प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मुल्याङ्कन कार्यविधि २०७८को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कनगरी अंक प्रदान गरिउको जनाएको छ ।
स्थानीय तहको प्रयोजनका लागि १७ वटा सूचकमा आधारित भएर गरिएको मुल्याङ्कन अनुसार अर्जुनधारा नगरपालिकाले २६ दशमलव २६ अंक प्राप्त गदैं कम अंक प्राप्त गर्ने नगरपालिको दोस्रो नम्बरमा छ । प्राप्त अंक चित्त नबुझेमा सोहि कार्य विधिको दफा ९ अनुसार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक आधार र प्रमाण सहित पुनावलोकनका लागि आयोग समष अनुसूची ५ को ढाँचामा निवेदन गर्न आयोगले भनेको छ । संघीय सरकारले विना सर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ ।
मेचीनगर नगरपालिकाले २७ दशमलव ४६ अंक पाएको छ भने भद्रपुर नगरपालिकाले ३० दशमलव ४७, गौरादह नगरपालिकाले ३१ दशमलव ९ अंक, शिवसताक्षीले ३५ दशमलव ८५ पाउँदा दमक नगरपालिको ३६ दशमलव ५७ अंक प्राप्त गरेको छ । वितोमोड नगरपालिकापछि दमक नगरपालिका बढी अंक प्राप्त गदैं दोस्रो बनेको छ ।
गाउँपालिकामध्ये हल्दिबारीले सबैभन्दा बढी अंक पाएको । हल्दिबारीले ३२ दशमलव ३९ अंक प्राप्त गरेको छ । गाउँपालिका तर्फ कचनकवल गाउँपालिकाले सबैभन्दा कम अंक पाएको छ । कचनकवलले १७ दशमलव ४४ अंक प्राप्त गरेको छ । गौरीगञ्जले २० दशमलव ६५ अकं पाएको छ भने बाह्रदशीले २१ अकं पाएको छ । त्यसैगरी झापा गाउँपालिकाले २५ दशमलव ८ अंक, कमल गाउँपालिकाले २७ दशमलव ६६ अकं, बुद्धशान्ति गाउँपालिकाले २८ दशमलव ९८ अंक प्राप्त गरेको आयोगले जारी गरेको सूचनामा प्रकाशित गरिएको छ ।