१४ फागुन, दमक: नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय कोशी प्रदेशको आयोजना एवं प्रदेश स्काउट युवा परिषदको व्यवस्थापनमा “साहसिक पदमार्ग-२०८०” को आज एक समारोहका बीच कोशी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट राजेन्द्र कार्कीले समुद्घाटन गर्नुभएको छ ।
प्रमुख अतिथिद्वारा नेपाल स्काउटको झण्डोत्तोलन गरेर कार्यक्रमको उद्द्घाटन गरिएको थियो। कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष श्री दिलु कुमारी लिम्बू , चुलाचुली-५ का वडा अध्यक्ष श्री वविन वान्तवा, प्रदेश स्तरीय संघसंगठनका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, राष्ट्रिय प्रशिक्षकहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु, प्रदेश परिषद सदस्यहरु, विभिन्न पालिकाका स्थानीय आयुक्तहरु र शिक्षा शाखा प्रमुखहरु, स्काउट लिडरहरु, रोभर/ रेन्जरहरु र स्काउटहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट राजेन्द्र कार्कीले प्रदेश भरी स्काउट गतिविधि संचालन गर्न प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । फागुन १९ सम्म संचालन हुने कार्यक्रममा १९ वटा विभिन्न सहासिक क्रियाकलापमा विद्यार्थीहरु सहभागी हुन पाउनेछन् भने ७०० बढी स्काउटहरुको सहभागिता हुने नेपाल स्काउट कोशी प्रदेशका आयुक्त हेमन्त भण्डारीले बताउनु भयो ।
कार्यक्रम कोशी प्रदेश आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नु भएको थियो ।
स्काउट गतिविधि फोटो फिचर :