७ जेठ, मेचीनगर : लागूऔषधका कारण मानिसहरुमा देखिएको समस्याको अन्त्य गर्दै युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाएर असल समाजको परिकल्पना गर्ने उद्धेश्यसहित नगरलाई लागूऔषध मुक्त बनाउन जुटेको मेचीनगर नगरपालिका पछिल्लो समय विविध रचनात्मक काम गर्दै अघि बढेको छ ।
नगरपालिकालाई निकट भविष्यमा लागूऔषध प्रयोग मुक्त नगरपालिका बनाउने उद्घेश्यका साथ ‘प्रारम्भिक प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरीसकेको छ भने ,अन्य साना थुप्रै वडास्तरीय कार्यक्रम समेत सम्पन्न भएका छन् । झापा खुला सिमाका कारण प्रहरी प्रशासनलाई समेत छलेर लागूऔषध सहजै रुपमा भित्रने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरीएको पाईन्छ । सम्बन्धित निकाय र स्थानीय तहहरुले यो समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले सक्रियता देखाएको छ ।
लागूऔषध दुव्र्यसनि राष्ट्रको ठुलो समस्या भएको र त्यसको अन्त्य पूर्वी किनारबाटै मेचीनगर नगरपालिका र नार्कोनन् नेपाल संस्थाको संयुक्त पहलमा गर्ने गरी केहीदिन अघि कार्यक्रम आयोजना गरिएको थियो । लागूदार्थको दुव्र्यसनी भएपछि चोरी, डकैती, हत्या जस्ता आपराधिक क्रियाकलाप मात्र नभएर साना मध्यम वर्गीय देखि विश्वमा ठुल्ठुला राजामहारजाका घर समेत सकिएको भन्दैं यस्तो कुलतमा जानेर वा नजानेर फसेका युवाहरुलाई बाहिर निकालेर सहजरुपमा जीवन यापन गराउन स्थानीय सरकार लागि परेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । ‘लागूऔषधको समस्या एउटा पालिकाको मात्र होईन्’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो—‘यसले घरपरिवार, समाज अनि राष्ट्रकै समस्या हो र यस्ले सवैक्षेत्र तहसनहस पार्छ ।’
युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पु¥याउने मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउने काम गर्दै आएको उहाँको भनाई छ । यसै क्रममा २ जेठदेखि जेठ ६ गतेसम्म नगरपालिकाले लागूपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्घेश्यका साथ प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लागूऔषध तथा सुर्तीजन्य पदार्थले समाजमा परिरहेको असर र न्यूनिकरण गर्नका लागि नगरका प्रत्येक वडाबाट २÷ २ जना सहभागीलाई प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक सोमराज ढकालले जानकारी दिनुभयो । कार्यक्रममा लागूऔषध तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सामाजिक परिचालनका विधि र प्रक्रियाहरुका विषयमा प्रशिक्षक गोविन्द न्यौपाने तथा लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापनाका विषयमा प्रशिक्षक राजु बुढाथोकीले जानकारी गराउनुभएको थियो ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्ती, संदिप सापकोटा, मानशिक रोग विशेषज्ञ चिकित्सक, तथा लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायव निरीक्षकलगायतका प्रशिक्षकहरुले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दैं नगर प्रमुख बुढाथोकीले सहभागीहरुलाई समाजमा निक्कै ठूलो समस्यामा रहेको लागूऔषधको कारोवार र सेवनलाई न्यूनिकरण गदैं नगरलाई लागूऔषध प्रयोग मुक्त नगरपालिका बनाउने काममा महत्वपूर्ण भूमिका खेल्न सुझााव दिनुभयो । यो कार्यक्रमलाई अवसरका रुपमा लिएर तालिममा सिकेको कुरालाई प्रत्येक गाउँ गाउँ शहर शहर र शैक्षिक संस्थामा पुर्याउन समेत सहभागीहरुलाई नगर प्रमुख बुढाथोकीले भन्नुभयो । नगर प्रमुख बुढाथोकीले मेचीनगर लागूपदार्थ दुव्र्यसनीको बिषयमा गम्भिर रहेको बताउनुभयो । उहाँले यसलाई समुदायस्तरबाटै निर्मुल पार्न विभिन्न कार्यक्रमहरु अघि सारेको बताउदैं यस्ता तालिमले समाजमा युवा माझ चुनौतीको रुपमा बढ्दै गइरहेको लागूपदार्थजन्य वस्तुको प्रयोग र नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले लागूऔषध न्यूनिकरणकालागि सामाजिक प्रयासका बावजुद विद्यमान कानूनी व्यवस्थाको कार्यन्वयनका लागि नगरले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
विकराल समस्याको रुपमा देखिएको लागुऔषधको समस्या समाधानमा सवै संयन्त्र लाग्नु पर्ने नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको जोड छ । युवा जनशक्ति लागूऔषध दुव्र्यसनीमा फस्नु राज्यको जनशक्ति खेर सरह भएकाले दक्ष जनशक्तिको उचित व्यस्थापन गर्नु पर्नेमा उहाले जोड दिनुभयो । तर, नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुँने उहाँको भनाई छ । जनप्रतिनिधि, कर्मचारी, बिषयगत समिति, नगरभित्र रहेका सवै शैक्षिक संस्थाहरु, स्थानीय प्रशासन, आमा समूह, सामाजिक संघ संस्थाका प्रतिनिधिले लागुऔषधको अन्त्यकालागि एकठाउँमा मुठ्ठी कस्ने हो भने सम्भव रहेको उहाँको भनाई छ । नखाएका हरुलाई खान नदिने, खाएकाहरुलाई चिन्ने, चिनेकाहरुलाई उपचार गर्ने, उपचारबाट फेरि खान नदिने, सम्मानित जीवन यापनका लागि व्यवस्थापन गर्ने यी चार कुरा गर्न सके यो समस्या हल हुने भन्दैं स्थानीय सरकार त्यसतर्फ लागेको छ ।
उहाँले कार्यक्रममा एउटा पालिकाको कल्पना गरेर जनप्रतिनिधिदेखि आमा समूह, कर्मचारी, बिषयगत समिति, नगरभित्र रहेका सवै शैक्षिक संस्थाहरु, स्थानीय प्रशासन, आमा समूह, सामाजिक संघ संस्थाका प्रतिनिधिलाई एकठाउँमा उभ्याएर सवै मिले लागूऔषधको नियन्त्रण सम्भव छ । लागूऔषध प्रयोगकर्ताका कारण जिल्लामा विभिन्न आपराधिक क्रियाकलापमा वृद्धि हुदैँ गएका कारण पनि प्रहरी यस विरुद्ध कडारुपमा प्रस्तुत भएको छ । जिल्लामा पछिल्लो समय लागूऔषधका मुद्धाको चाङ पनि निक्कै ठुलै छ । जिल्ला प्रहरी कार्यालय भाmपाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दशमहिनामा यसमा संलग्न स्वदेशी र विदेशी गरी कुल ३ सय ७२ जना पक्राउ परीसकेका छन् ।