गडीगाउँ स्काउट दलको २ दिने १ रात स्काउट क्याम्प

१० जेठ, बुद्धशान्ति : गडीगाउँ स्काउट दलको २ दिन एक राते क्याम्प सम्पन्न भएको छ । कार्यक्रममा अन्तर पेट्रोल गायन, नृत्य, हाजिरी जवाफ, बिना भाँडा खाना पकाउने, पायनरिङ्ग जस्ता टस्काउटिङ्गका विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका थिए ।

बुद्धशान्ति गाउपालिका वडा नम्बर ५ का अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक एवम् राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बा, विशेष अतिथिहरुमा बुद्धशान्ति स्थानीय स्काउट आयुक्त शिवप्रसाद पौंडेल, मेचीनगर स्थानीय आयक्त रीता थापा, सहायक राष्ट्रिय प्रशिक्षक एवम् कोशी प्रदेश परिषद सदस्य भगिरथ राई, सहायक राष्ट्रिय प्रशिक्षक खड्ग बहादुर सुब्बा, अतिथिहरुमा गडीगाउँ मा.वि. शिक्षक अभिभावक संघका अध्यक्ष टीकाराम पोखरेल, गडीगाउँ मा.वि.का प्रधानाध्यापक तथा इकाई अध्यक्ष रुद्रमणी खतिवडा, स्काउटर दुर्गाबहादुर लुइटेल, बुद्धशान्ति स्थानीय कार्य समिति सदस्य दिपा थापा तथा मीना निरौला, परिषद सदस्य रमिला चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलमणी न्यौपानेको अध्यक्षता र सहायक राष्ट्रिय प्रशिक्षक गंगाराम राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.