एकै दिन कोशी प्रदेशमा २ अर्ब ३० करोड बजेट खर्च

२५ असार, विराटनगर : कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीका सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार असार महिनामा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।
खर्च गर्ने अन्तिम दिन सोमबारमात्रै २ अर्ब ३० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

कोशी प्रदेश सरकारले गत जेठसम्म २० अर्ब १७ करोड मात्रै खर्च गरेको थियो । जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च भएको थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा चालुतर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार र पुँजीगततर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन भएको थियो ।

कोशी सरकारले पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार र चालुतर्फ १२ अर्ब ७२ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ ।

कोशीले चालु आवका लागि ल्याएको बजेटमध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च भएन ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.