सबै भातृसंस्थाको जिल्ला अधिवेशनको तयारीमा झापा काँग्रेस

७ असोज, बिर्तामोड : नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी फागुन मसान्तसम्ममा सबै भातृ संघसंस्थाको सबै तहको अधिवेशन सक्ने निर्णय गरेपछि नेपाल महिला संघ झापा अधिवेशनको तयारीमा जुटेको छ ।
नेपाल महिला संघ केन्द्रीय समितिले आगामी मंसिरसम्ममा जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर र वडा समितिको अधिवेशन सक्नुपर्ने समयसीमा तोकेपछि अधिवेशनको तयारीका लागि क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य प्रारम्भ गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य, गोमा भट्टराई र झापाका सभापति देउकुमार थेवेको आतिथ्य एवं पार्टीका र महिला संघका गाउँ/नगर अध्यक्षहरुको संयुक्त बैठकले आगामी कात्तिक १ गतेसम्ममा क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले समयमै अधिवेशन सफल पार्न पार्टीका सबै तहले सहयोग गर्न मातहतका निकायलाई निर्देशन दिदै  क्रियाशिल सदस्यता नवीकरण एवं नयाँ वितरणपछि सबै तहका अधिवेश्नको क्यालेन्डर बनाएर अघि बढ्न महिला संघलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, गोमा भट्टराई, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले अधिवेशन सन्पन्न गर्न तन, मन, बचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न बैठकमा सहजीकरण गिता खरेल ओडारीले गर्नुभएको थियो । नेपलि महिला संघको विधान अनुसार वडा अधिवेशनले क्रियाशिल सदस्यमध्येबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्ने र क्षेत्रीय प्रतिनिधिहरुले गाउँ÷नगर, प्रदेशसभा, क्षेत्रीय समिति एवं जिल्ला समिति निर्वाचित गर्ने प्रावधान छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.