राजमार्गमा पटकेकर नउठाउन कोशीका सबै स्थानीय निकायलाई निर्देशन

१६ असोज, मेचीनगर : कोशी प्रदेश सरकारले राजमार्गमा पटकेकर नउठाउन प्रदेशका सबै स्थानीय निकायलाई निर्देशन दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतका यातायात व्यवसायीहरूले मुख्यमन्त्री हिक्मत कार्कीलाई १५ दिने अल्टिमेटम दिएपछि प्रदेश सरकारले सबै स्थानीय निकायलाई पटके कर नउठाउन लिखित निर्देशन दिएको हो।

राजमार्गमा स्थानीय निकायले आफ्नो क्षेत्र अधिकार भित्र नपर्ने राजमार्ग र सहायक राजमार्गमा पटकेकर उठाएर हैरानी खेलाएपछि प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइ पटके सवारीकर बन्द गर्न अनुरोध गरिएको यातायात व्यवसायी महासंघका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बताए। उनले राजमार्गमा कुदिरहेका सवारी साधन रोकेर पटके कर उठाउँदा दुर्घटनाको जोखिम बढेको र अनावश्यक कर लिएर यातायात व्यवसायीलाई मारमा पारेको बताए।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अधिकृत दीपक दाहालले कोशी प्रदेशका सबै स्थानीय निकायलाई पत्र पठाएर राजमार्ग र सहायक राजमार्गमा सवारी कर नउठाउन लिखित निर्देशन दिएका छन्।

यातायात व्यवसायीहरूले प्रत्येक स्थानीय तहमा सवारी कर तिर्दा व्यवसाय धरासायी बनेका कारण कर नउठाउन माग गरिएको कोशी बस व्यवसायी संघका उपाध्यक्ष नेत्र थापाले बताए। उनले मुख्यमन्त्री कार्यालयको निर्देशनले यातायात व्यवसायीलाई केही राहत मिलेको बताए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.