२३ कात्तिक, कन्काईः आगामी मंसिर १६ गते ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैंछ । दशैं तिहार छठलगायतका चाडपर्व सकिएसँगै राजनीतिक दलहरुका नेता कार्यकर्तालाई उपनिर्वाचनले धपक्कै छोपेको छ ।
अव सवै काम छाडेर उनीहरु उपनिर्वाचनको मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगका अनुसार विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ मा स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो । जिल्ला समन्वय समितिका प्रमुख गाउँपालिका अध्यक्ष दुई÷ दुईजना, उपाध्यक्ष चारजना,नगरपालिका प्रमुख र उपप्रमुख एक÷एकजना र वडाध्यक्ष ३४ वटा पद रिक्त छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
३४ वडाध्यक्षमध्ये झापाको कन्काइ नगरपालिका–६ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । यसका लागि अहिले झापाका प्रमुख राजनीतिक दलदेखि अन्य साना तथा स्वतन्त्र उम्मेद्वार समेतको अर्जुनदृष्टि सोहि वडामा छ । २०७९ सालको निर्वाचनमा नेकपा एमालेका दीर्घबहादुर थापा पाँचसय आठ मत प्राप्त गर्दैं विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले चार सय ४० मत प्राप्त गर्नुभएको थियो ।
२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसकातर्फबाट उम्मेद्वार बनेका लक्ष्मीप्रसाद ओली त्यस वडाको वडाध्यक्षमा विजयी बन्नुभएको थियो ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएको झवा्कमा ओली नेपाली काँग्रेसबाट असन्तुष्ट जनाउँदैं स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिनु भयो र दोस्रो स्थानमा रहनुभयो । अन्तिम समयमा नेपाली काँग्रेसले नेकपा एमालेका उम्मेद्वार थापालाई सघाएकै कारण ओली पराजित हुनु परेको सोहि वडाका काँग्रेसका एकजना नेताको दावी छ । ‘यसै हारिने भो उसै हारिने भो’ नाम नलेख्ने शर्तमा नगरस्तरीय ती नेताले भने ‘बरु बागी उम्मेद्वारलाई मत दिनुभन्दा एमालेकै उम्मेद्वारलाई मत दिने निर्णयमा पुगेर थापा जीलाई जितायौं । नेपाली काँग्रेसले त्यसो नगरेको भए ओली जीको जीत निश्चिित थियो ।’ अहिले पनि काँग्रेसको भूमिका हेर्नुपर्ने उनको भनाई छ । साच्चै अन्तिम समयमा पुगेर नेपाली काँग्रेसले नेकपा एमालेका उम्मेद्वारलाई आगामी उपनिर्वाचनमा सघाउने हो भने एमालेकै उम्मेदवारले बाजी मार्ने स्थानीयको भनाई छ ।
लामो समय नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहेर काँग्रेसबाट असन्तुष्टी व्यक्त गर्दै २०७९ सालको निर्वाचनमा ओली स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । तर, नेकपा एमालेका उम्मेद्वार दीर्घबहादुर थापासँग ६८ मतले पराजित बन्नुभयो ।
स्रोतका अनुसार यस पटक अन्य साना दलले समेत ओलीलाई समर्थन गरेका कारण पुनः नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेत र ओलीबीच नै कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुको अडकलबाजी छ । ‘नेकपा एमालेलाई जोगाउनै चुनौती, स्वतन्त्रलाई हुन सक्छ लाभ ।’ एकजना पुराना बामपन्थी नेताको भनाई । त्यहाँ अन्य दलहरू एक भए पनि नेकपा एमालेका र स्वतन्त्र उम्मेद्वारलाई पाखा लगाउन सक्ने अवस्था देखिँदैन भन्दैं उहाँ भन्नुहुन्छ ‘यहाँ एमाले र स्वतन्त्र उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने प्रवल सम्भावना छ र यस अघिका निर्वाचनले पनि यस्तै देखाएको छ । ’ स्वतन्त्र उम्मेद्वार ओलीको पनि सम्भावना धेरै देखिन्छ । यस वडामा अन्य दलको जनमत भएकाले यसपटक यो उपनिर्वाचनले ओलीको वडा सरकार प्रमुखको ढोका खुल्ने सम्भावना पनि कम छैन् । यस पटक अन्य साना दलले समेत ओलीलाई समर्थन गरेको उहाँका समर्थकहरुको भनाई छ ।
ओलीलाई उस्बेलाको पोलेको घाउमा मल्हम पट्टीको काम गर्न पनि यो पटकको निर्वाचनको जीत आफ्नो पक्षमा पार्न ‘प्रेसर’ छ भने एमालेलाई उस्वेलाको आफ्नो साँख गुम्ला की भन्ने चिन्ता रहेका कारण साँख जोगाउन समेत जीत आफुले दर्ता गर्नुपर्ने छ । नेपाली काँग्रेसले २०७४ र २०७९ को बदा लिनका लागि पार्टीका वडा सभापति समेत रहेका रामगोपाल ओली, नेकपा माओवादी केन्द्रले गणेश थापालाई वडाअध्यक्षका रुपमा अघि सारेको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बसेर वि.सं.२०५७ देखिी विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ । थापा नेकपा माओवादीको जिल्ला सदस्य समेत हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई आफ्नो पार्टीकातर्फबाट उपनिर्वाचनमा वडाअध्यक्षको उम्मेद्वार बनाएको छ । काँग्रेसका लागि २०७४ र २०७९ सालको दुवै निर्वाचन लाभदायक रहेन ।
६६ वर्षको उमेरमा गत असारमा वडाध्यक्ष थापाको निधनपछि हुन लागेको उपनिर्वाचनमा कसले बाजीमार्ला त त्यसका लागि निर्वाचनको अन्तिम मत परिणाम पर्खिनुको विकल्प छैन् । कन्काई वडा नम्बर ६ मा २०७४ सालमा सम्पन्न निर्वाचनमा करीब २२ सय र २०७९ सालको निर्वाचनमा १८०० मतदाता रहेको अनुमान गरिएको छ ।
स्थानीय पत्रकार राम निरौलाका अनुसार मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनका लागि त्यस वडाबाट नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले—आ आफ्नो दलकातर्फबाट उम्मेद्वाको नाम टुङ्गो लगाई सकेका छन् भने स्वतन्त्र उम्म्ेद्वारका रुपमा लक्ष्मीप्रसाद ओलीले आफ्नो उम्मेद्वार दर्ता गरेका हुन् ।
उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्ने थियो । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता भएर सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन भईसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको थियो ।