अध्यक्षमा पुनः खरेल

२६ कात्तिक, विर्तामोड : झापाको विर्तामोडमा रहेको बिराट अर्जुन उपभोक्ता सहकारी सस्था लि.बिर्तामोडको आगामी चारवर्षे कार्यकालका लागि अध्यक्ष पदमा पुनः नविन ‐नवराज) खरेल सर्वसम्मत चयन हुनु भएको छ । सोमबार सम्पन्न निर्वाचन प्रक्रियाबाट खरेलको नेतृत्वमा १४ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको उपाध्यक्षमा दिपेश प्रसाई, सचिवमा लक्ष्मीप्रसाद खरेल, सहसचिवमा इश्वरीप्रसाद काफ्ले, कोषाध्यक्षमा कृष्णप्रसाद कुईकेल चयन हुनुभएको छ । यसैगरी, सञ्चालक सदस्यहरुमा रुद्रप्रसाद नेपाल, एकराज प्रधान, शारदा सिटौला, खेमबहादुर बस्नेत, राजेश दाहाल, टंकप्रसाद गौतम, मालिकलाल राजवंशी, देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईँ सर्वसम्म्त चयन हुनुभएको हो ।

दाहालको संयोजकत्वमा पत्रकारद्वय हिमाल खरेल र पुष्प वराल सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको थियो ।

उक्त संस्था २०६६ सालमा स्थापना भएको हो । झापाको विर्तामोड —४ मा केन्द्रिय कार्यालय रहेको उक्त सहकारीमा एकहजार चारसय ९० जना सदस्य रहेका छन् । संस्थाले बचत तथा ऋण, उपभोक्ता खाद्य सामाग्रीको विक्री वितरण समेत गदैं आएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.