आजदेखि ‘मेरो मेचीनगर डट कम अनलाईन पोर्टल’ पाँचौं वर्षमा : ‘प्रतिवद्धता अनुसार काम गछौं’,-अध्यक्ष श्रेष्ठ

हब डिजिटल मिडिया प्रालि द्वारा सञ्चालित ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ आजदेखि चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । यो सुःखद सन्देश सगौरव हामीले यहाँहरु समक्ष राख्न पाउँदा मैले धेरै गर्व महशुस गरेका छौ ।

उदयकुमार श्रेष्ठ अध्यक्ष हब डिजिटल मिडिया प्रालि

आजकै दिन माघ १ गते माघे संक्रान्तिकै अवसर पारेर ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’सञ्चालनमा आएको थियो । हुन् त यो अनलाईन सन् २०१५ बाट नियमित अपडेट भए पनि कानुनी मान्यता प्राप्त गरी हब डिजिटल मिडिया प्रालिले आजभन्दा चारवर्ष अघिदेखि सञ्चालनमा ल्याएको थियो ।

यो अनलाईन चौंथो वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरिरहदाँ यसले निक्कै आरोह अवरोह छिचोल्दैं र अनेक सारागारा अप्ठयारा परिस्थितिलाई चिर्दैं सफलता पूर्वक यहाँसम्म आइपुगेको छ । यसका लागि हामीलाई हरेक दुःख सुखमा साथ दिनुहुने अनि अनलाईनलाई यहाँसम्म ल्याई पुर्याउनुहुने तपाई सम्पूर्ण कम्पनीका सञ्चालकहरु, पाठक, विज्ञापनदाता, समाचार शाखामा कार्यरत पत्रकार मित्रहरुसहित प्रत्यक्ष परोक्षरुपमा हामीलाई रचनात्मक र सकरात्मक सल्लाह सुझाव दिनुहुने सबैप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु ।

हामीले सुरुमै यहाँहरु समक्ष एउटा प्रतिवद्धता व्यक्त गरेका थियौ ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’ लाई ग्रामीण पत्रकारिताको पर्याय बनाउछौ भनेर । यो प्रतिवद्घता कति पुरा गर्न सकियौं कति सकेनौ यसको छिनोफानो र मुल्याङ्कन गर्ने जिम्मा तपाईहरुको काँधमा सुम्पेको छु । ग्रामीण पत्रकारितामा नेपाली पत्रपत्रिकाले उचित स्थान दिन्छन भन्ने सन्देश छर्न पनि हामी ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’मार्फत हर प्रयास हाम्रो कोशिस रहन्छ । नेपाली पत्रकारिताले ग्रामीण पत्रकारिताको क्षेत्रमा स्थान दिन जरुरी देखिनु पर्छ ।

हामीलाई थाहा छ सञ्चारमाध्यम भनेको आवज विहिनहरुको आवज बन्नु पर्छ । भुई मान्छेहरु देखिने थलो बन्नुपर्छ । आर्थिक पक्ष बलियो नभए अपेक्षा अनुसार परिणाम दिन नसकिने रहेछ । मोफसलबाट यस्ता सञ्चारमाध्यम सञ्चालनमा ल्याउनु भनेको फलामको चिउरा चपाउनु जतिकै रहेछ । यस्ता सञ्चारमाध्यमको आम्दानीको मुख्यः स्रोत नै विज्ञापन रहेछ । विज्ञापनदाताहरुले विज्ञापन उपलब्ध नगराउने हो भने सञ्चारमाध्यम चल्न सक्ने अवस्था छैन् । यी सञ्चारमाध्यमलाई लामो समयसम्म टिकाई राख्न र निरन्तरताका लागि तपाईहरुको साथ सहयोग चाहिन्छ । यसका लागि हामी तपाईहरुको साथ सहयोगको अपेक्षामा छौ ।

सञ्चार क्षेत्रको लामो अनुभव बटुल्नु भएका मित्र लक्ष्मी उप्रेती सम्पादक र  अनन्य मित्र शिक्षासेवी दुर्गाबहादुर लुइटेल प्रधान सम्पादक रहेको ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’ ले चौंथो वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको यो यो क्षणमा म धेरै खुसी भएको छु । झापा जिल्लामा रेडियो, दैनिक पत्रिका, साप्ताहिक, टेलिभिजन र अनलाइन गरी ६ दर्जन हाराहारीमा सञ्चार माध्यम छन् । यी सञ्चारमाध्यमसंगै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारमित्रहरु पनि झापामा उत्तिकै हुनुहन्छ । ती सञ्चारमाध्यम र सञ्चारकर्मीको भीडमा ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ पनि अघि लम्किरहेको महशुस गरेको छु ।

‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’को भविष्य उज्ज्वल छ । अनेक बाधा र अप्ठयराका बाबुजद कोभिड १९ को महामारीले विश्व थला परेका बखत चुनौती नै चुनौतीकाबीच उदायको ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’अहिले पनि उत्तिकै अघि बढेको छ । नेपालमा सञ्चारमाध्यमले भोगिरहेका चुनौती र पूरा गर्नुपर्ने जिम्मेवारी थुप्रै छन् । वर्तमान सन्दर्भमा कोभिड १९को विश्वव्यापी महामारीबाट सबै भन्दा बढी प्रताडित सञ्चारकर्मी र सञ्चार क्षेत्र बन्न पुगेको सबैलाई जगजाहेर नै छ ।

महामारीले कैयौं सञ्चारकर्मीले ज्यान गुमाए, कैयौं संक्रमित भए । यसले सिर्जना गरेको अवस्थाले धेरै सञ्चारमाध्यम बन्द भए, कैयौंको रोजगारी गुम्यो, कैयौंले श्रमको मूल्य पाएनन् । पत्रकार र मिडिया हाउसलाई सरकारले खास राहत प्रदान गर्न सकेको अवस्था छैन । यो बेला मिडियाकर्मी तथा मिडिया हाउसलाई विशेष राहत प्याकेज घोषणा गर्न, मिडियाको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गर्न म सम्बन्धित पक्ष र तीनै तहका सरकारको ध्यानाकर्षण गराउछु । देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । यसमा नेपाली सञ्चारमाध्म र नेपाली सञ्चारकर्मीहरुले खेलेको भूमिकाका बारेमा जति नै लेखे पनि अपूर्ण हुन्छ ।

तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । लोकतन्त्रको स्थापनापछि नेपाली सञ्चारक्षेत्र निकै हौसिए पनि नेपाली पत्रकारिता क्षेत्र अझै असुरक्षित छ । गणतन्त्रको स्थापना पछि पनि समाचार लेखेकै कारण कैयौं पत्रकारहरु मारिएका छन् । सरकारले प्रेस नियन्त्रित विभिन्न कानुन निर्माण गर्ने प्रसंगले सञ्चार क्षेत्र तरंगित भएको छ । प्रविधिको विकाससंगै पत्रकारितामा चुनौति थपिएको छ । यसकारण पनि हामी यस अनलाईनमा कार्यरत पत्रकारहरुलाई प्रविधिमैत्री बनाउन चाहान्छौ ।

प्रविधिमा अपडेट नहुनेहरु पत्रकार हुन नसक्ने अवस्थाको सिर्जना भएका कारण कम्पनि यसप्रति सधै सजग रहने छ । आयातनमा वृद्धि, गुणस्तरमा जोड, प्रविधिमा अपडेट र अन्य माध्यमहरुको पनि प्रयोगमा हामी जोड दिने छौ । अन्त्यमा पुनः म यस अवसरमा तपाई सवैप्रति हार्दिक र आभरसहित धन्यवाद व्यक्त गर्दछु ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.