प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा खबर पूर्वाञ्चलका सम्पादक डा. डिल्ली पोखरेलसहित तीन जनालाई सम्मानित

विराटनगर : प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले खबर पूर्वाञ्चलका सम्पादक डा. डिल्ली पोखरेलसहित तीन जनालाई सम्मानित गरेको छ ।

सम्मनित हुने तीनै जनालाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मानित गरे।

विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डा. डिल्ली पोखरेल र पूर्व सचिव डा. धर्मराज ढकाललाई सम्मान गरिएको छ । पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिध (पीएचडी) गरेका हुन् ।

चौतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.