स्ववियू निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा पाँच संघ संगठनबीच प्रतिस्पर्धा

२० फागुन, मेचीनगर : स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) निर्वाचनमा झापाको मेचीनगर—६ मा रहेको (सामुदायिक क्याम्पस) काँकरभिट्टा बहुमुखी क्याम्पसमा पाँच वटा संघ, संगठन समूहबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनमा सहभागी हुन विद्यार्थी संघ संगठन समूहहरुले आफो नाम दर्ता गराएका हुन् ।

निर्वाचन समिति, काँकरभिट्टा बहुमुखी क्याम्पसका सदस्य दुर्गाबहादुर लुइटेलका अनुसार नेपाल कम्यूनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन(क्रान्तिकारी) र नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (एस) दर्ता भएका छन् । लुइटेलले निर्वाचनका लागि क्याम्पसमा संघ संगठनको मनोनयन दर्ता गरिएको बताउनुभयो ।

क्याम्पसले निर्वाचन तालिका समेत सार्वजनिक गरेको सदस्य लुइटेलले जानकारी दिए । चैत ५ गतेको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन दुईपटक भोगेको पराजयको बदला लिने दाउँमा छ, भने काँग्रेस निकट नेपाल विद्यार्थी संघ पुरानो विरासत जोगाउनु पर्ने बाँध्यतामा छ ।

२०७३ साल फागुन १८ मा पहिलो पटक भएको स्ववियू निर्वाचनमा नेवि संघका सुरज सुवेदीको प्यानलले निर्वाचन जितेको थियो भने, २०७९ साल चैत १० गते दोस्रो पटक सम्पन्न निर्वाचनमा नेवि संघका विशाल तामाङ सभापतिमा विजयी भए । त्यस बखत नेपाल विद्यार्थी संघ र राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठबन्धन चुनावी मैदानमा थियो भने, नेपाल कम्यूनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन र नेपाल कम्यूनिष्ट पार्टी ‐एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन एस अलग अलग चुनावी मैदानमा थिए । प्रत्यक्षतर्फ कोषाध्यक्षमा एसका अनुसा अर्याल र बाकी पदमा सवै नेवि संघका उम्मेद्वार विजयी भएका थिए । सभापति विशाल तामाङसहित प्रत्यक्षतर्फका ८ र समानुपातिकका ७ गरी १५ जना स्ववियूमा थिए ।

अहिले प्रत्येक संगठनले आ आफ्नो सचिवालय स्थापना गरेर चुनावी प्रचार प्रसारलाई तीब्र पारेका छन् । नेपाल कम्यूनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियनले संगम बराललाई सभापतिको उम्मेद्वार बनाउने पक्का भए पनि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले अझै सभापतिको उम्मेद्वार टुङ्गो लगाएको छैन् । काँकरभिट्टा बहुमुखी क्याम्पसमा यी दुई संगठनबीच कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् ।

अनेरास्ववियू यस अघिका दुईपटकका निर्वाचनमा भोगेको पराजयको बदला लिने दाउँमा र नेवि संघ यस अघिको शाख जोगाउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा रहेको विद्यार्थी नेताहरुको भनाई छ । क्याम्पसमा छ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते दर्ता भए संघ संगठनको सूची प्रकाशन गर्ने र फागुन २५ गते प्रथम मतदाता सूची प्रकाशन २६ गते विहान ८ बजेसम्म् मतदाता सूची उपर दावी विरोध र ९ बजेमतदाता सूची उपर दावी विरोधको छानबिन गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । क्याम्पसले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.