नेपालमा लगानी गर्न कोरियन लगानीकर्ताले देखाए चासो

कोरियन ६ चैत, मेचीनगर : कोशी प्रदेश सरकारले आगामी २०८२ साल वैशाख १८ र १९ गते बिराटनगरमा गर्ने कोशी प्रदेश लगानी सम्मेलनको पूर्वसन्धयामा कोरियन लगानीकर्ताहरुले बुधबार झापाको मेचीनगरका विभिन्न ठाउँमा लगानीका बारेमा सम्भाब्यता अध्ययन अवलोकन गरेका छन् । यसले नेपालमा आगामी वैशाख १८ र १९ गते विराटनगरमा आयोजना हुन लागेकोे लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

कोशी प्रदेश सरकारले कोशी प्रदेश लगानी सम्मेलन आयोजना गरी पूर्व तयारीका लागि काम अघि बढाई रहेका बखत कोरियन लगानीकर्ताहरुलाई संयोजन गरी नेपालका विभिन्न पालिकाहरुमा लगानीको वाताबरण, अवसर र सम्भावित परियोजनास्थल अवलोकन गराउने उद्धेश्यले सियोलस्थित नेपाली दूतावास र कोशी प्रदेश सरकारसँगको समन्वयमा चैत ४ बाट ११ गतेसम्म ‘कोरिया नेपाल इन्टरनेश्नल एक्सचेञ्च एशोसिएशन’ संस्थाको संयोजनमा ११ जना कोरियन लगानीकर्ताहरुले नेपाल भ्रमण गरीरहेको संस्थाका नेपालस्थित राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरेले जानकारी दिए ।

नेपाल र कोरिया द्वौत्यसम्बन्ध स्थापनाको स्वर्णमहोत्सवको अवसर पारेर दक्षिण कोरियास्थित नेपाली दूतावासले विगत एकबर्षभित्रमा कोरियाको सियोल र बुसानमा गरी ४ वटा लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको राष्ट्रिय प्रतिनिधि घिमिरेले बताए । नेपाल र कोरिया सरकारबीच ब्यापार र लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता सम्पन्न भएको, र ती सम्मेलनमा प्रस्तुत गरिएका नेपालमा लगानीका सम्भाब्यता र अवसरहरुका बारेमा कोरियन लगानीकर्ताहरुले गहिरो रुची राखेको उनको भनाई छ ।

नेपालमा लगानीका सम्भाब्यता र अवसरका बारेमा कोरीयाली लगानीकर्ताहरुले गहिरो रुची राखेको र सोहि क्रममा मंगलबार साँझ ११ जना कोराीयाली लगानीकर्ताहरुसहित १६ जनाको भ्रमण दल मेचीनगर आईपुगेको थियो । भ्रमण दललाई मेचीनगर नगरपालिकाले स्वागतसहित सम्मान गरेको छ । बुधबार झापाको मेचीनगर —७ मा रहेको पाँचतारे होटल ‘अश्वत्थ’ मा आयोजित कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले टोलीलाई शब्दद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा नेपालमा लगानी गर्न कोरीयाली लगानीकर्ताहरुलाई आव्हान गरी कोरीयाली लगानी नेपाल भित्रयाउने कुरामा यो भ्रमणले निक्कै सहयोग पुग्ने नगरप्रमुख बुढाथोकीले विश्वास व्यक्त गरेका थिए । कोरियास्थित सरकारी तथा निजीक्षेत्रका उद्योगी व्यवसायी, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी रहेका व्यक्तिहरुको भ्रमण दलले मेचीनगरमा गर्न सकिने परियोजनाहरुका बारे छलफल गरी विभिन्न परियोजना स्थलको अवलोकन गरेको थियो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गतको ‘एशियन हाइवे’ मेची पूल, मेचीनगर —६ मा रहेको बसपार्क टर्मिनल, मेची भन्सार परिसरको सुख्खा बन्दरगाह, मेचीनगर —७ मा रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि को स्वामित्वमा रहेको एनएमसी डेरी उद्योगलगायतका क्षेत्रको टोलीले स्थलगत अवलोकन गरेको नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिईन् ।

मेचीनगरको भ्रमण पछि टोली इलामको फिक्कल प्रस्थान गरेको छ । त्यहाँ टोलीले पशुपतिनगर, गोर्खा टि स्टेटलगायत इलाम जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने योजना रहेको ‘कोरिया नेपाल इन्टरनेश्नल एक्सचेञ्च एशोसिएशन’का प्रतिनिधि सिर्जना नेपालीले बताईन् । चैत ४ गते देखि निस्किएको उक्त टोलीले प्रधानमन्त्री, कानून व्यवसायी, अर्थविदलगायतसँग लगानीको बारेमा छलफल गरेको छ । नेपालका राजनीतिकर्मी, अर्थ सरोकारवालासँग भेटघाटका क्रममा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा राखेका थिए ।

टोलीमा कोरियन लगानीकर्ताहरु किम योङ सो, योङजोङ सन, पार्क हाय सू, छोयन नियोन सिक, किम क्वान योङ, पार्क देव जो, जङ योयन जिन, लि जङ छु, सियो जिन सू र किम मि ए रहेका छन् । उनीहरु कृषि, व्यापार, सामाजिक क्षेत्र, उद्योगी, व्यपारी तथा विभिन्न क्षेत्रका विषय विज्ञ हुन् । कोरियन टोलीलाई ‘कोरिया नेपाल इन्टरनेश्नल एक्सचेञ्च एशोसिएशन’ का प्रतिनिधि सिर्जना नेपालीले सहजीकरण गरेकी थिईन् ।

कोरियन कम्पनीहरूले नेपालमा आर्थिक लगानी सम्भाव्यताका बारेमा नजिकबाट नियालिरहेका छन् । केही कम्पनीले नेपालमा लगानी गरी सफलरूपमा व्यवसाय सञ्चालन गरेका उदाहरण पनि रहेको भन्दैं उनीहरुले उदाहरणका लागि, कोरियन ग्लोबल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपालको गोल्छा अर्गनाइजेसनसँगको संयुक्त लगानीमा अत्याधुनिक टिभी एसेम्बली प्लान्ट सञ्चालन गर्दै आएको बताईएको थियो ।

नेपाल सरकारले वैदेशिक लगानी भित्रियाउनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने, सबै क्षेत्रका लागि सुहाउँदो लगानीमैत्री वातावरण बनेर विश्वभरका कम्पनीले नेपालमा सम्भावित लगानी क्षेत्रको बारेमा पुनः मुल्याङ्कन गरी ठूलो मात्रामा लगानी गराउन सके नेपालीलाई स्वदेशमा नै रोजगारीको अवसर मिल्ने टोलीमा संलग्न अर्थविद मेदनी अधिकारीले बताए । इञ्जिनियर समेत रहेका उनी लामो समयदेखि कोरियामा बसेर विभिन्न व्यवसाय सञ्चालन गदैं आएका छन् ।

कोरिया र नेपालबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भई दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहिआएको छ । दुवै देशबीच विकासको अनुभव साट्दै, कोरियाले भोगेका अप्ठेरा अवस्था नेपालले भोग्न नपरोस् भन्नेमा समेत कोरिया सचेत रहेको कोरियन प्रतिनिधि मण्डलले बताएको छ ।

नेपालमा रोजगारीको महत्व बुझेर नै सन् २००७ मा दुई देशका सरकारबीच श्रम सम्झौता गरेर सरकारको सहभागितामा नेपाली श्रमिकहरूलाई कोरियामा रोजगारको अवसर प्रदान गर्दै आएको छ एक लाखभन्दा बढी नेपालीले कोरियामा रोजगारको अनुभव गरिसकेका र त्यसैगरी कोरियन कम्पनीहरूले नेपालमा लगानी बढाएका,नेपालमा सञ्चालन भएका कोरियन लगानीका कम्पनीहरूमा हजारौँ नेपालीले रोजगारीका अवसर प्राप्त गरेका इञ्चिनियर अधिकारीले बताए ।

छलफलमा सहजिकरण नगरपालिकाका प्रमुख प्रशासकीयय अधिकृत अग्निप्रसाद अधिकारी गरेका थिए । वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, लामो समयदेखि कोरियामा बसेर विभिन्न व्यवसाय गदैं आएका झापालीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.