१७ चैत, मेचीनगर- मजदुर नेता रुपचन्द उरावको २९ औँ स्मृति दिवश आइतबार विविध कार्यक्रम गरी मनाइएको छ । झापाको मेचीनगर—८ टोकला चिया बगान परिसरमा टोकला चिया कमानले आयोजना गरेको कार्यक्रममा तीनजना मजदुरलाई सम्मान गरिएको थियो ।
नेपाल चिया कफि श्रमिक यूनियन केन्द्रीय कमिटिका संस्थापक अध्यक्ष समेत रहेका उरावको बगान परिसरमा रहेकोे शालिकमा माल्यार्पणसहित स्मृति दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल चिया कफि श्रमिक यूनियन केन्द्रीय कमिटिका अध्यक्ष सन्तकुमार राई, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, नेपाल कम्यूनिष्ट पार्टी एमाले केन्द्रीय कमिटि सदस्य रविन कोइराला, केन्द्रीय कमिटि सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, पार्टीको कोशी प्रदेश कमिटि सदस्य एवम् मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायत मजदुरजन्य संघ संगठनका प्रमुख प्रतिनिधिहरुले उराउँको शालीकमा माल्र्पण गरेका थिए ।
कार्यक्रममा टोकला चिया बगान श्रमिकबाट अवकाश भएकी स्वर्गीय रुपचन्द उरावकी पत्नी फुलमुनी उराव, टोकला बगान श्रमिकका संस्थापक भएर श्रमिकको हक हित अधिकारका लागि अहोरात्र सक्रिय श्रमिकको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने बुदनाथ उराव र बिरन उरावलाई गदासहित सम्मान गरिएको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले तीनैजनालाई दोसल्ला पहिर्याएर अविर टीका लगाएर नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । कामदारहरूको हक आधिकारहरुलाई सुनिश्चित गर्न स्वर्गीय उरावले महत्वपूर्ण योगदान पुरयाएको भन्दैं वक्ताहरुले उनको प्रशंसा गरेका थिए । श्रम र श्रमिकहरूको हक,हित र अधिकारहरूका लागि उनले विभिन्न ठाउँमा लडाई लड्दा अनेक प्रकारका समस्या र यतना भोगेको सहभागी वक्ताहरुले बताए ।
श्रम र श्रीमिकका आवाजहरू नीतिनियम निर्माण गर्ने स्थान सम्म पुग्न सकेका अवस्थामा स्वर्गीय उरावले त्यसलाई पुर्याउने काममा पुलको काम गरेका थिए । सहभागी वक्ताहरुले स्वर्गीय उरावको शालीकलाई पुनः निर्माण गर्नुपर्ने बताउँदै आगामी दिनमा शालीक निर्माणमा लाग्ने बताए ।
नेपालको संविधानले मजदुरहरूको हक आधिकरको बारेमा जे जस्ता प्रावधानहरू व्यवस्था गरे पनि कार्यान्वयन र व्यवस्थापन पक्ष धेरै कम्जोर भएको भन्दैं मजदुर नेताहरुले दुखेसो गरेका थिए । ‘मजदुरहरूको हक,अधिकारहरूको माग सम्बोधन हुन सकेको छैन’ प्रमुख अतिथि नेपाल चिया कफि श्रमिक यूनियन केन्द्रीय कमिटिका अध्यक्ष सन्तकुमार राईले भने —‘ गरिमामय संविधानले व्यवस्थित गरेको नियम कानुन कार्यान्वयन गर्नुपर्छ । ’ बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, नेपाल कम्यूनिष्ट पार्टी एमाले केन्द्रीय कमिटि सदस्य रविन कोइराला, मजदुर नेता विकेन्द्र धिमाललगायतले बोलेका थिए । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी एमाले केन्द्रीय कमिटि सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, पार्टीको कोशी प्रदेश कमिटि सदस्य एवम् मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, पार्टीका मेचीनगर कमिटि अध्यक्ष राजु कार्की, मेचीनगर वडा नम्बर ८ का कार्यवहाक अध्यक्ष कुन्दन निरौलालगायतको सहभागिता रहेको थियो ।
मजदुर नेता विक्रम गिरीले सञ्चालन गरेको स्मृति दिवसको अध्यक्षता टोकला इकाइका अध्यक्ष डम्बर खत्रीले गरेका थिए । मजदुर नेता उरावको २०५२ साल चैत १७ गते रेविजका कारण मृत्यु भएको थियो ।