दमकमा एमालेको जनजागरण सभाको तयारी पुरा ‘दमकमाथि भएको प्रहारलाई दमकले नै जवाफ फर्काउने छ’ शेरधन राई

२९ चैत दमक :  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले अहिले मुलुकको सिंगो कम्युनिष्ट आन्दोलनको नेतृत्व दमकले गरिराखेको बताएका छन् । सिंगो मुलुकको नेतृत्व दमकले नै गरेकै कारण यो दमकमाथि अहिले चौतर्फी आक्रमण भइरहेको कोशी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री रहेका नेता राईले दबी गरे ।

‘सबैको निसानामा दमक परेको छ । केन्द्रको निसानाको प्रहारमा केपी शर्मा ओली हुनुहुन्छ, ’ उनले भने हामी यहीँ ठाउँबाट यी प्रहारहरुलाई यी घेराबन्दीहरुलाई, ती प्रहारहरुलाई चिर्न चहान्छौ, परास्त गर्न चहान्छौ । हामी सबै खालका अफवाह र लान्छनालाई चिर्दै खण्डन गर्दै परिवर्तनकालमा खास गरी जनताले चुनेका प्रतिनिनिधिहरुले राज्य सञ्चालन गर्ने प्रणाली स्थापित भए पश्चात हामीले प्राप्त गरेका उपलब्धी र प्रगतिहरु सुधारका कामका फेरिहिस्त भोली सभामा राख्ने छौ । ’ राजाहरुको पालामा जनताको जीवनस्तर के थियो र दलका नेताको यो मुलुकमा परिवर्तन गरे पश्चातका फेरिहिस्त आफुहरुले हामीले राख्ने उनको भनाई छ ।

भोली शनिबार झापाको दमकमा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) ले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । नेता राईले कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने जानकारी दिए । सभा स्थलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताए । ‘हामीले स्थापना गरिएको संघीय गणतन्त्र जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्ध हो, ’उनले भने– ‘त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको हो । ’

चैत १५ गते  काठमाडौँ हिंसा भड्काउने, लुटपाट गर्ने समुहलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए । ‘प्रतिगमनकारी शक्तिहरुलाई हामी जवाफ दिन चहान्छौ, परिवर्तनको पक्षमा जनता जुनसुकै मुल्य चुकाउन तयार रहेका छन्, ’ राईले भने, ‘संघीय लोकतान्त्री गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रुपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् । ’उनले सबै खाले यस्ता अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए ।

यता भोली शनिबार झापाको दमकमा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) ले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । सभाको प्रचारका लागि शुक्रबार आज मोटरसाइकल र्याली गरिएको छ । मोटरसाइकल र्याली दमकबाट शुरु भएर गौरादह बजार, डिपु भएर गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी पुगेर कोणसभामा परिणत भएको थियो ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो संख्यामा सहभागी रहने राईले जानकारी दिए । यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा सहभागी रहने उनले जानकारी दिए । पूर्वबाट आउने सहभागीहरुलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्याली सहित प्रवेश गराइने छ । यस्तै पश्चिमबाट आउनेहरुलाई पश्चिम स्टेनबाटै र्याली सहित सभामा प्रवेश गर्ने छन् ।
सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन् । यस्तै बिभिन्न कलाकारहरुले समेत प्रस्तुति दिने छन् । सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभालाई लक्षित गदैं स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । विहान १०ः१० को उडानबाट पार्टी अध्यक्ष एवम् प्रभानमन्त्री ओली भद्रपुर विमानस्थल आउने बताइएको छ ।

 

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.