३ बैशाख , विराटनगर : मोरङमा जारी नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) विराटनगर महानगर पालिकाको दोस्रो महानगर अधिवेशनमा हिमा मैनाली पोखरेलले उपसचिव पदमा उम्मेदवारी दिएकी छन् । विद्यार्थी जीवनबाट राजनीति प्रवेश गर्नुभएकी हिमा पार्टीको केन्द्रदेखि स्थानीय कमिटीमा समेत निक्कै लोकप्रिय छन् ।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी हिमाल हाल हाल अनेम संघ महानगर कमिटीकी सचिवको जिम्मेवारीमा छन् । झापा जिल्लामा जन्मेर विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आएकी हिमा बौद्धिक व्यक्तित्वका रुपमा आफुलाई उभ्याउन सफल भएकी छन् । उनको यो उम्मेद्वारीलाई लिएर धेरैले चासोका रुपमा हेरेका मात्र छैनन् उनको जीत सुनिश्चितका लागि समेत परेका छन् ।
एमाले महानगर कमिटीकी निवर्तमान सचिवालय सदस्य समेत रहेकी उनी नेकपा एमाले १२ नम्बर वडाको लामो समयसम्म सचिव भएर सफलतापूर्वक जिम्मेवारी बहन गरिसकेकीछन् । विद्यार्थी राजनीतिबाट शुरु भएको उनको राजनीतिक यात्रा राज्य व्यवस्था परिवतर्नका लागि भएका ठुल्ठुला आन्दोलनमा समेत निक्कै महत्वपूर्ण योगदान छ ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर उनी विगत लामो समयदेखि पूर्वकै सबैभन्दा ठूलो र ऐतिहासिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मास्टर्स लेबलका विद्यार्थीहरुलाई अध्यापन गराइरहेकी छन् । उस्वेलादेखि अहिलसम्म पार्टीका हरेक गतिविधिमा सक्रियपूर्वक लागि परेको उनलाई नजीकबाट चिन्न्ेहरुको भनाई छ । यसकारण पनि लोकप्रिय मतका साथ उनलाई विजय गराउन महानगरका नेता कार्यकर्ताहरुले आग्रह समेत गरेका छन् ।
एमाले भित्र एउटा बौद्धिक महिलाको रुपमा आफूलाई स्थापित गराउन सफल भएकी उहाँ आफूलाई प्रतिनिधिहरुले लोकप्रिय मतका साथ विजयी गराउने कुरामा विश्वस्त छन् । ‘मैले लामो समयदेखि महानगरभित्र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक नेतृत्व गर्दै आएकी छु प्रतिनिधिहरुले यसको मूल्यांकन अवश्य गर्नु हुनेछ ।’ उनले भनिन् । महिलाहरुको हक,हित र अधिकारकोलागि जहिले पनि अग्रमोर्चामा देखिने हिमा अहिलेपनि महिलाहरुले पूर्णरुपमा अधिकार नपाएको बताउँछिन् ।
पार्टीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन गरेका थिए ।