एमाले उपसचिवमा हिमा मैनाली पोखरेलको उमेद्वारी जानकार भन्छन् ‘लोकप्रिय मतका साथ विजयी गराऔँ ’

३ बैशाख , विराटनगर :  मोरङमा जारी नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) विराटनगर महानगर पालिकाको दोस्रो महानगर अधिवेशनमा हिमा मैनाली पोखरेलले उपसचिव पदमा उम्मेदवारी दिएकी छन् । विद्यार्थी जीवनबाट राजनीति प्रवेश गर्नुभएकी हिमा पार्टीको केन्द्रदेखि स्थानीय कमिटीमा समेत निक्कै लोकप्रिय छन् ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी हिमाल हाल हाल अनेम संघ महानगर कमिटीकी सचिवको जिम्मेवारीमा छन् । झापा जिल्लामा जन्मेर विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आएकी हिमा बौद्धिक व्यक्तित्वका रुपमा आफुलाई उभ्याउन सफल भएकी छन् । उनको यो उम्मेद्वारीलाई लिएर धेरैले चासोका रुपमा हेरेका मात्र छैनन् उनको जीत सुनिश्चितका लागि समेत परेका छन् ।

एमाले महानगर कमिटीकी निवर्तमान सचिवालय सदस्य समेत रहेकी उनी नेकपा एमाले १२ नम्बर वडाको लामो समयसम्म सचिव भएर सफलतापूर्वक जिम्मेवारी बहन गरिसकेकीछन् । विद्यार्थी राजनीतिबाट शुरु भएको उनको राजनीतिक यात्रा राज्य व्यवस्था परिवतर्नका लागि भएका ठुल्ठुला आन्दोलनमा समेत निक्कै महत्वपूर्ण योगदान छ ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर उनी विगत लामो समयदेखि पूर्वकै सबैभन्दा ठूलो र ऐतिहासिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मास्टर्स लेबलका विद्यार्थीहरुलाई अध्यापन गराइरहेकी छन् । उस्वेलादेखि अहिलसम्म पार्टीका हरेक गतिविधिमा सक्रियपूर्वक लागि परेको उनलाई नजीकबाट चिन्न्ेहरुको भनाई छ । यसकारण पनि लोकप्रिय मतका साथ उनलाई विजय गराउन महानगरका नेता कार्यकर्ताहरुले आग्रह समेत गरेका छन् ।

एमाले भित्र एउटा बौद्धिक महिलाको रुपमा आफूलाई स्थापित गराउन सफल भएकी उहाँ आफूलाई प्रतिनिधिहरुले लोकप्रिय मतका साथ विजयी गराउने कुरामा विश्वस्त छन् । ‘मैले लामो समयदेखि महानगरभित्र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक नेतृत्व गर्दै आएकी छु प्रतिनिधिहरुले यसको मूल्यांकन अवश्य गर्नु हुनेछ ।’ उनले भनिन् । महिलाहरुको हक,हित र अधिकारकोलागि जहिले पनि अग्रमोर्चामा देखिने हिमा अहिलेपनि महिलाहरुले पूर्णरुपमा अधिकार नपाएको बताउँछिन् ।

पार्टीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.