५ बैशाख इलाम : झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान, विभिन्न ५ बँुदे इलाम घोषणा पत्र जारी गर्दै शुक्रबार कोशी प्रदेशको सुन्दरनगरी ईलामको, सूर्याेदय नगरपालिकाको पर्यटकीय स्थल श्रीअन्तुमा सम्पन्न भएको छ ।
सूर्याेदय नगरपालिका वडानम्बर —५ श्रीअन्तुस्थित होटल हिल टावरमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म चलेको झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको बैठक दिगो बिकास लक्ष्य हासिलमा स्थानीय सरकारको भूमिकालगायत अन्य बिषयमा केद्रित थियो ।
समन्वय समितिका संयोजक कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षता, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व वरालको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य महिन्द्राकुमारी सुब्बाको विशेष आतिथ्यतामा भएको बैठकमा पालिकाकोबीच सिकाइ आदान प्रदान गरिएको थियो ।
वैठकको पहिलो दिन समन्वय समितिका संयोजक कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बैठकको औचित्यमाथि प्रकाश पादैं बैठकमा छलफल गर्ने एजेण्डाहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । संयोजक भट्टराईले अहिले यो व्यवस्थाका वारेमा विभिन्न कोणबाट प्रहार भएको भन्दैँ अब यो व्यवस्थाको रक्षाका लागि सवैजना अघि बढ्न आग्रह गरे । अब उत्पादनमुखी वा उत्पादनका क्षेत्रमा लाग्न र जलवायू परिवर्तनको असरका बारेमा हरेक क्षेत्रलाई बुझाउदैँ त्यसतर्फ लाग्न समेत उनले जोड दिए ।
उक्त दिन साहारा नेपालका कार्यक्रम व्यवस्थापक मातृका सुवेदीले दिगो विकास लक्ष्यका विषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता भन्दैं उनले सन् २०३० सम्ममा सबै प्रकारका गरिबिहरु उन्मुलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुक्षित विश्व निर्माण परिकल्पना गर्ने आफ्नो प्रस्तुतीमा उल्लेख गरेका थिए ।
मल्टिमिडियामार्फत आफ्नो प्रस्तुती प्रस्तुत गरेका सुवेदीले दिगो विकासको १७ लक्ष्य, तथा १६९ सहायक लक्ष्यहर दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग भएको र जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्यराष्ट्रहरु सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको बताए ।
दिगो विकास लक्ष्यमा नेपालले ४१ प्रतिशत काम गरेर लक्ष्य हासिलमा अघि बढेको बताउँदैं सुवेदीले लक्ष्य प्राप्तिमा स्थानीय सरकारको भूमिका बढि विचार राखेका थिए । दिगो विकास लक्ष्यका पाँच स्तम्भ पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारी तथा दिगो विकासका लक्ष्यहरू गरिबिको अन्त्य, शून्य भोकमरी, आरोग्य तथा कल्याण, गुणस्तरीय शिक्षा रहेको स्पष्ट पारे ।
सहारा नेपालको सहयोग तथा संवाद समूहको सहजिकरणमा भएको कार्यक्रममा ग्लोबल लर्निङ ल्याब नेपालीका प्रशिक्षक सुष्मा श्रेष्ठले सहभागीहरलाई विभिन्न खालका चेतनामुलक र ज्ञानबद्र्धक खेलसहित नेतृत्व, क्षमता र दक्षता अभिवृद्धि गर्ने खालका विषयमा प्रशिक्षण प्रदान गरीन् । उनले यस प्रशिक्षण माफृत व्यक्तिहरु, संस्थाहरु र समुदायहरुलाई सकरात्मक प्रभाव र दीर्घकालीन सफलताका लागि आवश्यक ज्ञान, सीप र अनुभव प्रदान गर्ने तथा कुन र के कस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरीन् । ग्लोबल लर्निङ ल्याब समाजको अर्थपूर्ण परिवर्तनका लागि युवा शक्तिमा विश्वास गर्ने समेत बताईन् । पहिलो दिनको उद्घाटन सत्र निक्कै फलदायका भएको भन्दैं सहभागीहरुले यस्ता प्रशिक्षणहरुले नेतृत्व, क्षमता र दक्षता अभिवृद्धिमा निक्कै टेवा पुग्ने प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व वरालले यस प्रकारका कार्यक्रमले पालिका पालिकाबीचको सम्बन्ध अझ बढी मजबुत हुने, असल अभ्यासको सिकाई आदान प्रदानले पालिकाको विकास हुनेलगायतका विषयमा आफ्नो धारणा राखेका थिए । सबै पालिका उपप्रमुख उपाध्यक्षहरुले आफ्नो पालिकाका उपलब्धि, असल अभ्यासबारे रिपोर्टिङ गर्नुका साथै समस्याहरु खुलेर बताएकै कारण पालिकाहरुबीच सिकाइ आदानप्रदान र उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पुग्ने उनको भनाई थियो ।
के छ घोषणा पत्रमा
बैठकको दोस्रो दिन शुक्रबार आर्ट अफ लिभिङका स्वामी सर्भानन्दले तनाव व्यवस्थापनका बारेमा सहभागीहरुलाई योग र ध्यानका माध्यमबाट जानकारी गराए । उनले हरेक मानिसले सकरात्मक विभार राखेमात्र लक्ष्यमा पुग्न सक्ने बताउँदै रीस क्रोधले व्यक्तिको विकास नहुने बताए ।
सञ्जालका संयोजक एवम् कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा,जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व वरालको प्रमुख आतिथ्यता, संविधान सभा सदस्य महिन्द्राकुमारी लिमबुको विशिष्ट आतिथ्यता । सूर्याेदय नगरपालिका नगर प्रमुख रणबहादुर राईको विशिष्ट आतिथ्यतामा भएको दोस्रो दिनको बैठकमा झापाका पालिकाका उपप्रमुख उपाध्यक्षहरुको उपस्थितिमा साझा धारणा बनाउँदैं ५ बुम्दे इलाम घोषणा पत्र जारी भएसँगै बैठक समापन भएको थियो ।
संविधान प्रदत्त लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सबलीकरण गदैं नागरिकमा परिर्वतनको प्रत्याभुत गराृने पहिलो सरकार स्थानीय सरकार भएकाले पालिकाका प्रभावकारी तथा रचनातमक योजनाहरु, सुशासन,सेवा प्रवाह, आर्थिक विकास र सुधारले मात्र लोकतन्त्र र सामाजिक न्यायलाई मजबुत बनाउन सकिन्छ भन्ने दृढ विश्वास व्यक्त गदैं तदअनुसार नीति तथा कार्यक्रमहरु अझ प्रभावकारी कार्यन्वयनमा लैजाने , जलवायु परिवर्तनका कारण पछिल्लो चरणमा देखिएका समस्याहरु थप बिकराल बन्दैं जाने परिस्थिति न्यूनिकरणका लागि झापाका स्थानीय तहमा सामुहिक प्रकृतिका जलवायु अनूकुलनका कार्यक्रमहरु बनाएर कार्यन्वयन गर्ने, कोशी प्रदेश सरकारले शुरु गरेको कोशी पर्यटन बर्ष २०८२ को स्वागत गदैं पर्यटन बर्षसँग जोडेर स्थानीय स्तरका पर्यटकीय स्म्भावना बोकेका क्षेत्रको पहिचान, प्रवद्र्धन र प्रचारका कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहने र छौ, आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बनाउँदा उत्पादनमुखी र रोजगारमुखी हासिल गर्न स्थानीय सरकारले गर्नुपर्ने कार्यको सन्दर्भमा विज्ञबाट सहजिकरण सहित कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्ध रहने सहित घोषणा पत्रमा उल्लेख छ ।बैठकमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गकुमारी पराजुली, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, गौरादह नगरपालिकाका उपप्रमुख जलबर्षा राजवंशी, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवंर, कचनकवल पालिकाका उपाध्यक्ष नवराज भट्टराई, बुद्ध शान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेललगायतले आ–आफ्नो विचार राखेका थिए ।
नगर तथा गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले आ—आफ्नो पालिकामा भइरहेका नमुना किसिमका काम कार्यक्रमहरुबारे एकापसमा चर्चा परिचर्चा गरेका थिए । यसखाले छलफलका माध्यमबाट उपप्रमुख तथा उपाध्यक्षहरुलाई आफ्नो अधिकार क्षेत्र र कर्तव्यका बिषयमा थप ज्ञान आर्जन भई स्थानीय सरकार सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै झापाका सवै पालिकामा बिषादियुक्त सागसब्जी, र आयातित माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गर्नुपर्ने, उपभोक्ताको अधिकार रक्षा गदैं खाद्य गुणस्तर कायम गर्न तथा मूल्य नियन्त्रण गर्न बजार अनुगमन नियमित र प्रभावकारी बनाउनुपर्ने, जिल्लाभरि लागूऔषधको समस्या बढ्दो रहेको र त्यसको नियन्त्रणमा समेत सवै पालिका एकजुट भएर लाग्नुपर्ने, खुल्ला सीमाका कारण मुख्य चुनौतीको रुपमा रहेको लागूऔषधको नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरी कार्यालय तथा अन्य सरोकारवालासँग समन्वय गरेर कार्यमुलक तथा चेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बैठकले निष्कर्श निकालेको छ । सहभागी सवैले आ आफ्नो पालिकामा ६ महिनाको अवधिमा भए गरेका कायमका विषयमा जानकारी गराएका थिए ।
अहिले जतिसुकै समानताको कुरा गरे पनि अपेक्षाअनुसार उपलब्धि नभएको , महिलाहरू देशका निक्कै उच्च ओहादामा पुगेको र आफ्नो जिम्मेवार बहन गरेको बताउँदैं अब हरेक महिलाहरू एक ठाउँमा उभिएर महिलाहरुका प्रत्येक हक अधिकारप्राप्तिका लागि एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । अहिले हरेक पालिकामा उपप्रमुख उपाध्यक्षहरूको नेतृत्वमा महिलालाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्नेमनो जोड दिदैं सहभागहिरुले पालिका उपप्रमुख उपाध्यक्ष तथा महिला कर्मचारीहरलाई आफूलाई कमजोर नठान्न आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि सूर्याेदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले आफ्नो पालिकाले भए गरेका असल र राम्रा कामका बारेमा जानकारी गराए ।
संयोजकमा पराजुली
झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । निवर्तमान संयोजक नवराज भट्टराईले े नयाँ संयोजक पराजुलीलाई माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरे ।
मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, उपप्रमुखहरु कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्य छन् ।
त्यस्तै सञ्जालको सदस्य रहेका गाउँपालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जुदेवी थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । नियमित वैठकमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले भोगिरहेका चुनौति र समस्या तथा तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल हुदै आएको छ । यस्तो अभ्यासले कार्यसम्पादन प्रभावकारी रुपमा सम्पन्न गर्न सहज हुँदै आएको बताइएको छ । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।