६ बैशाख, विर्तामोड : झापाको बिर्तामोडमा शनिबार सम्पन्न एउटा कार्यक्रममा सहभागी विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले सञ्चारकर्मीहरुको बानी व्यवहार र नैतिकतामा सुधारको खाँचो औल्याएका छन् ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा झापाले आफ्नै सभाहलमा ‘सम्पादकसँग प्रेस चौतारी, अखबार, रेडियो र टिभीको विद्यमान समस्या, चुनौती र अवसर’ विषयक अन्तरक्रियाका मुख्यः वक्ताका रुपमा सहभागी सम्पादकहरू मेरो रेडियोका समाचार सम्पादक कुमार भट्टराई, प्रतिदिन दैनिक समाचार—पत्रका सम्पादक इन्द्रसिहं राजवंशी, रेडियो विराटका समाचार सम्पादक लीला अनमोल, पत्रकार महासंघ झापाका सचिव एवम् सुखानी साप्ताहिक समाचार पत्रका सम्पादक राजु पाठक, सूर्याेदय टेलिभिजनका समाचार सम्पादक राजु पौडेल र स्वतन्त्र आवाज साप्ताहिक समाचार पत्रका सम्पादक योगेश खपाङ्गीले ‘अखबार, रेडियो र टिभीको विद्यमान समस्या, चुनौती र अवसर’ का बारेको सत्रमा आ— आफ्नो विचार प्रस्तुत गरेका थिए ।
मिडिया हाउसभन्दा मिडियाकर्मी शक्तिशाली भएकाले पछिल्लो समय सञ्चार गृह कमजोर भएको निष्कर्श समेत निकालेका छन् । पत्रकारितालाई पेशा बनाएका कारण पनि अहिले सञ्चारमाध्यमहरु संकटमा परेको झापाली सम्पादकहरुको ठहर छ । नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एवम् स्पिक कर्नर डट कम अनलाईनका सम्पादक सुब्रत न्यौपाने सञ्चारक्षेत्रमा अहिले देखिएका मुख्य समस्या र त्यसको सरल र सहजरूपमा कसरी निराकरण गर्न सकिन्छ भन्ने लिखित कार्यपत्र बुँदागतरूपमा प्रस्तुत गरेर बिषय प्रवेश गराएका थिए ।
‘कोभिडका कारण थला परेका थुप्रै सञ्चारमाध्यम अहिले पनि पुरानै लयमा फर्किन सकेका छैनन् । त्यस बखत थुप्रै दैनिक पत्रिका बन्दा भए , तर तिनीहरु अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् सधैका लागि बन्द भए’ मेरो रेडियोका समाचार सम्पादक कुमार भट्टराईले भने—‘अहिले हरेक प्रकारका सञ्चारमाध्यममा संकटै संकट छ । त्यसको एउटा कारण कोभिड पनि होला । तर,सञ्चारमाध्यम संकटमा पर्ने थुप्रै कारणहरुमध्ये स्वयम् सञ्चारकर्मी पनि हुन् । ’ पछिल्लो समय मिडिया हाउसभन्दा मिडियाकर्मी शक्तिशाली भएकै कारण सञ्चार गृह कमजोर बनेको भट्टराईले दाबी गरे । सवैभन्दा पहिला मिडियाकर्मीभन्दा मिडिया हाउसलाई बलियो बनाउनुपर्छ भन्ने आफूले सधै ठिंग उभिए पनि परिपाटी ठीक उल्टो भएका कारण आफूले लगानी गरेको सञ्चारमाध्यम बन्द भएको अनुभव उनले सुनाए ।
‘कन्टेन राईटिङ्गमा सञ्चारकर्मी कमजोरी भएको उनको ठहर छ । ‘अधिकाँश पत्रकार दलका भयौँ दलका विरूद्ध नलेख्ने, कुन दलको पत्रकार हो ? कुन दलको पत्रिका हो ? अनि त्यो मिडिया कस्ले पढ्ने अहिले बजारमा चलेको हल्ला र याथर्थ पनि यहि हो ’उनले थपे, व्यवसायिक पत्रकारिता हुनुहुदै्न, मिडिया हाउस व्यवसायिक बन्नुपर्छ । राजनीति र पत्रकारितालाई पेशा बनाउनु हुदैंन् । अहिले दुवैक्षेत्रलाई पेशा बनाइएको छ । विज्ञापन छैन् अनि थला पदैनन् र सञ्चारमाध्यम उनले प्रश्न गरे । ’
प्रतिदिन दैनिक समाचार पत्रका सम्पादक इन्द्रसिहं राजवंशीले पत्रकारजन्य संघ संगठनले झापामा विगतदेखि वर्तमानमा सञ्चारमाध्यमको हालत के छ ? रेडियो, टेलिभिना, छापा सञ्चारमाध्यम किन खोल्दै र बन्द भए कहिले पनि कारण नखोजेको आरोप लगाए । ‘यसको कारण खोजौँ ’ उनले भने । नेता पत्रकारहरूले विज्ञापन कब्जा गरेको समेत आरोप लगाउन सम्पादक राजवंशी पछि परेनन् ।
‘अझै पनि शक्तिकेन्द्रकै रूपमा सञ्चारमाध्यम चलाउनु पर्ने हो ’ उनले प्रश्न गदैं भने —‘स्थानीय तहले विज्ञापन दिदैँन् । सवै विज्ञापन टाठाबाठा र नेता पत्रकारहरुले ठेक्का लिइसकेका हुन्छन । सवैलाई आफ्नोमात्रै सञ्चारमाध्यम सञ्चालनका लागि खर्च पाए भयो । यस्ता श्रृखलाको अन्त्य गरौ सवैभन्दा पहिला अनि आफै चल्छन सञ्चारमाध्यमहरु । ’ बजारमा पाठक, दर्शक र श्रोताहरुले खोजेका समाचार पस्किने हो भने वा चुनौती रिक्स मोलेरै भएपनि समाजले खोजेका समाचार दिने हो भने वा त्यस्ता समाचार लखे विज्ञापन आफैँ आउँने सम्पादक राजवंशीको तर्क थियो । अहिले पहुँचका भरमा विज्ञापन पाईने गरेको आरोप उनको छ । उनले समस्याका बारेमा सवैले मम गर्ने र कहाँबाट को कसरी सुध्रिने हो खोजेर सुध्रिन आफैबाट थाल्नुपर्ने तर्क अघि सारे ।
रेडियो विराटका समाचार सम्पादक लीला अनमोलले पत्रकारिता व्यवसायिक नहुने भन्दैं पत्रकारिता पेशा स्वतन्त्र भए पनि व्यवहारमा नदेखिएको बताईन् । आर्थिकरूपमा कमजोर भएका अहिले हरेक सञ्चारमाध्यमलाई मजवुत बनाउँने हो भने हामी सञ्चारकर्मीहरुले आचरण सुधार गर्नुपर्नेमा संचारिका समूहका अध्यक्ष समेत रहेकी अनमोलले जोड दिइन्
सञ्चारमाध्यम सञ्चालन गर्न अहिले निक्कै चुनौतीपुर्ण अवस्था रहेको उनको भनाई छ ।‘अहिले तपाई हामीले गरेको पत्रकारिता समाजले मन पराएका छैनन् ’ उनले भनिन्—‘उस्को सञ्चारमाध्यम के हो ? कहाँ बाट प्रकाशित वा प्रशारण हुन्छ सर्वसाधारणलाई थाहा हुदैन् मात्र उस्ले पत्रकार चिन्छ र उस्लाई खुशी बनाएमात्र पुग्छ भन्ने सोचमा उ हुन्छ अनि कसरी मजबुत हुन्छ मिडिया हाउस, अहिले पनि नसुध्रिए अब हामी कहिले सुध्रिने त ? । ’ स्टाग्राम, यूट्युवलगायत अन्य सामाजिक सञ्जालका कारण सञ्चारमाध्यम धरापमा परेको उनको बुझाई छ ।
नेपाल पत्रकार महासंघ झापाका सचिव एवम् सुखानी साप्ताहिका सम्पादक राजु पाठकले पछिल्लो समय सञ्चारमाध्यमका सम्पादकभन्दा संवादाताभन्दाबढी भएका कारण यो सञ्चारमाध्यमको हालत यो भएको टिप्पणी गरे । राजनीति आस्था विचार र सिद्धान्तकै कारण वा दलको पहुँचका भरमा विज्ञापन कसैले प्राप्त नगरेको त्यसो गरेको भए महासंघले सत्यतथ्य बुझ्ने र समानरुपमा विज्ञापन उपलब्ध गराउने कुरामा लाग्ने पाठकको भनाई छ ।
पत्रकारिता व्यवसायिक नै हुनुपर्ने भन्दैं पाठकले सवैलाई आ आफ्नो सञ्चारमाध्यमको गुणस्तर, पहुँच हेर्न आग्रह गदैं एउटा पालिकाको पत्रिका अर्काे पा िलकासम्म पनि नपुग्ने, खरीद गरेरै पढन खोज्दा मिडिया हाउसको कार्यालय वा हुलाकमामात्र पाईने अनि विज्ञापन दिएन भनेर रिसाउनुपर्ने , किन रिसाउन, हाम्रा सञ्चारमाध्यम बजारमा छन् त ? हेरौ त भन्दैं प्रश्न तेस्र्याए ।
‘सवैभन्दा पहिला आफुबाट सुध्रियौ । पछिल्लो समय हुलाकमा मात्र पुग्छन् पत्रिका । समाचारलाई स्वतन्त्र बनाओैँ । आचरण, गतिविधि सुधार्याैँ । लेखनशैली हेरौँ । क्षमता वृद्धि गरौ । हिजोबाट आजसम्म आईपुग्दा समाचार लेख्न विर्सियौँ । एकले अर्कालाई आरोप मात्र नलगाउँ । ’
सूर्याेदय टेलिभिजनका समाचार सम्पादक राजु पौडेलले अहिले झापामा रहेका दुईवटा टेलिभिजन निक्कै संकटमा पुगेको बताए । रेडियो अखबारभन्दा टेलिभिजनको समाचार उत्पादन महंगो हुने भन्दैं पौडेलले सामाजिक सञ्जालले त झनै समस्या पारेको गुनासो गरे ।
सवैभन्दा बढि संस्थागतरूपमा चलेका मिडिया संकटमा छन् । टिभिमा प्रशारण हुने विज्ञापन अहिले सामाजिक सञ्जाल वा विज्ञापनदाताले आफै पेज बनाएर प्रशारण गरिरहेका कारण विज्ञापन पुरै घटेको उनको भनाई छ । टेलिभिजनमा लगानी गर्न पनि लगानीकर्ता तयार नभएको र हामीले विज्ञापनलाई समाचारका रूपमा ढालेका कारण यो समस्या आएको उनको भनाई छ ।
स्वतन्त्र आवाज साप्ताहिक समाचार पत्रका सम्पादक योगेश खपाङ्गीले विगतदेखि वर्तमानसम्म सञ्चारमाधयमको हालत उहि रहेको बताए । ‘म पत्रकारिता गदैं गर्दा बाच्नका लागि झापाबाट भागेर हिडेको हुँ । समाचार छापे बापत सुरक्षाकर्मीले थ्रेट हुन्थ्यो । ३० वर्षपछि झापा आए । अहिले पनि पत्रकार असुरक्षित छन् । ज्यानको सुरक्षा भएन् उनले भने । ’ हामी बौद्धिक व्यक्ति भए पनि हाम्रो बौद्धिकता अरूको भरमा रहेको उनको भनाई छ । पत्रकारिता कोठामा नभएर स्पोटमै पुगेर गर्नुपर्ने र विश्वशनियता कायम गदैं सत्य र तथ्य पत्रकारिता गर्नुपर्ने उनको जोड छ ।
उनले तलव लिएर काम गर्ने हो भने व्यवसायिक पत्रकारिता र विना तलव पत्रकारिता गर्ने हो भने लेख्ने हो भने त्यो व्यवसायिक पत्रकारिता न हुने भन्दैं नेपाल पत्रकार महासंघ अहिले व्यवसायिक पत्रकारिताको पक्षमा रहेको स्पष्ट पारे । फेसबुक पत्रकारिता भएको र पत्रकारिताबाट असुरक्षित हुनेहरूले पत्रिका बन्द गराएको उनको दाबी छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य माधव विद्रोहीले पत्रकार स्वतन्त्र हुन नसक्ने बताए । उनले हरेक पत्रकारहरु आफ्नो जिम्मेवारप्रति बफदार बन्नुपर्नेमा जोड दिए ।
सेतोपत्र डट कमका सम्पादक ज्ञानेन्द्र निरौला यलम्बर टाईम्स साप्ताहिकका सम्पादक दिपिन राईले अहिले विभिन्न गतिविधिमा पत्रकारहरुको सेण्डिकेट चल्ने गरेको, खाम पाए समाचार लेख्ने नत्र नलेख्ने, वा आफु बाहेक अरु कोहि छैन भन्ने कारणले पनि सञ्चारमाध्यमको यो हविगत भएको बताए । अब पनि पत्रकार नसुध्रिने हो भने अब सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति विश्वास घट्ने बताए ।
प्रेस चौतारी नेपाल, झापा शाखाका अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले र स्वागत उपाध्यक्ष राजु पोख्रेलले गरेका थिए ।