१० बैशाख, विर्तामोड : प्रेस चौतारी नेपाल झापा शाखाले हरेक तीन ÷तीन महिनामा आयोजना गर्ने ‘अग्रजलाई सुनौ ’श्रृखलाको पहिलो खण्डमा बुधबार देखापरे अग्रज पत्रकार ‐कुशल रेडियो कार्यक्रम प्रस्तोता) शिरोमणि खतिवडा ‐शिरो सान्दाई) ।
उनी लामो समय मेची बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा रहे । उनले पढाएका थुप्रै विद्यार्थीहरु कोहि डाक्टर भए त कोहि पाइलट, कुशल उद्यमी त कोहि राष्ट्रसेवक कर्मचारी । उनकै भनाईमा प्रायः सवै कुनै न कुनै पेशामा आवद्ध छन् । त्यती मात्र होईन विर्तामोडको एउटा भीडमा उस्वेलाको जीविका इन्टरप्राइजेस निक्कै नाम चलेको पुस्तक पसल थियो । थुप्रैको बस्ने चौतारो मात्र थिएन् जिविका, त्यसैको एउटा सानो कोठाबाट थुप्रैको लगनगाठो कस्ने काम समेत गरे । न्वारानको नाम उनको शिरोमणि खतिवडा । सवैले चिन्ने र हरेकको जिब्रोमा झुण्डिएको प्यारो नाम चाँहि शिरो सान्दाई । उनी शिरो सान्दाईका नामले नै बढि चर्चित छन् । उमेरले साढे तीनकोरी ३ वर्ष पुगेका अग्रज शान्दाईले सहभागीलाई नाती पुस्ता भन्दैं तिमी भनेरै सम्बोधन गरे ।
यी दुईवटा पेशाबाट समाजसँग जति छिटो चिनिए उनी, त्यो भन्दा छिट्टै चिनिए विर्तामोडबाट प्रशारणमा रहेको उस्वेलाको रेडियो कञ्चनजंघा एफएमको लोकप्रिय कार्यक्रम समवेदनाबाट । खतिवडा समवेदना कार्यक्रमको प्रस्तोता थिए । यहि कार्यक्रमले उनलाई स्वदेशमामात्र होइन विदेशमा समेत थुप्रैले चिन्छन । उनै प्रतिभाशाली व्यक्तित्व खतिवडा चौतारीमा आइपुगे र करीव ५० मिनट आफ्नो विगत सुनाए । ‘प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएको छु ।’
उनले कुरोको चुरो खोल्दैं कहिले ठट्यौली त कहिले निक्कै भावुक मुद्रामा आफ्नो विगतदेखि बर्तमानसम्म सुनाए । आयोजकले उनलाई ५० मिनेटको समय प्रदान गरेको थियो । निर्धारीत समयभित्रै उनले आफ्नो सवै कैरन कहे । बेला बेला उनी आफुलाई पत्रकार भन्न चाँहि नपरेपनि हुन्थ्यो भन्ने भाव दिन्थे । तर, रेडियो कार्यक्रम समवेदना प्रस्तोता भन्दा निक्कै गर्व गर्दा रहेछन खतिवडा । तीन दशक प्राध्यापन पेशामा सक्रिय खतिवडाले पत्रकारितासँगको आफ्नो सम्बन्ध, समवेदना कार्यक्रमदेखि सञ्चालनका स्मरणहरु सुनाउन भ्याए ।
समवेदना कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाउन सफल उनले डेढ दशकबढि उक्त कार्यक्रम सञ्चालन गरेका रहेछन् । बिबिसीले समेत विश्व मै फरक किसिमको कार्यक्रम (समवेदना) सञ्चालन गरेको भन्दै खोजमुलक समाचार प्रकाशन गरेको अनुभव सुनाउन पाउँदा उनी निक्कै खुशी देखिन्थे ।
जिवित मान्छेहरुको समेत निधन भएको खवर समवेदना मार्फत प्रशारण भएका घटना र त्यसपछि आइपरेका समस्याहरुको बारेमा समेत जानकारी गराउँदा अहिलेको पुस्ताभने भरपर्दाे समाचार स्रोत चाहिने रहेछ भन्दैं हल्कारुपमा खासखुस गर्दथे । खतिवडाले ती घटनाहरुका कारण सूचनाको जाँच गर्नुपर्ने कुरामा आफू सचेत भएको स्पष्ट पारे । ‘मृत्यु र विभिन्न संवेदनशील विषयमा पत्रकार वा कसैले मजाग गर्नु नहुने सन्देश पनि दिए उनले । यस्ता विषयमा सचेत रहन, सत्य र तथ्य कुरालाई छुट्टयाएर मात्र प्रकाशन तथा प्रशारण गर्न अर्ती दिदैं उनले भने—‘यो नै पत्रकारिताको धर्महो ।’ उनको यो सम्बोधन बढो मिठो सुनिन थियो । धेरै नयाँ पुस्ता त उनलाई प्रत्यक्ष हेर्नकै लागि पनि कार्यक्रममा आएका रहेछन् ।
उनले आफू प्रध्यापक भएर भन्दा पनि एउटा पत्रकारकै परिचयले धेरैले चिन्ने गरेको भन्न समेत भ्याए । ‘मलाई पत्रकार भन्न मिल्छ कि मिल्दैंन थाहा छैन् ’ उनले उस्वेलाको कैरन यसरी बके — ‘झम्पल र संकेत भन्ने कितावमा थुप्रै लेख लेखे वा जिम्मेवारी पुरा गरे । पार्टीका दस्तावेजहरुलाई कार्वन राखेर लेख्दैं समाचार र सूचना सवैतिर पुर्याए । नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरे । तर, महासंघले मलाई चुनावताका मुख्यः निर्वाचन अधिकृत बाहेक केहीमा सम्झिएको छैन् ।’ पत्रकार महासंघले निर्वाचनमा मात्रै मलाई बोलाउने अन्य कार्यक्रमहरुमा वास्ता नगर्ने गरेकाले उनको चित्त दुःखेको रहेछ । यस कार्यक्रममा उभिएर आफ्नो अनुभव साटासाट गर्न पाउँदा निक्कै खुशी थिए उनी ।
उस्वेलादेखि अहिलेसम्म आफु जुन जुन ठाउँमा जे जे भूमिकामा रहेपनि रेडियो कार्यक्रमले आफुलाई सवै सामु चिनाएको र परिचय नै फराकिलो बनाईदिएको चाँहि गर्वका साथ भने । ‘आज मेरो रेडियो छैन् तर कार्यक्रमको चर्चा सवैतिर छ, सवैले भन्छन् कार्यक्रम लोकप्रिय पनि छ, कति राम्रो भन्दैं गुनगान गाउँछन र सवैले मलाई प्रश्न तेस्र्याउँछन् रेडियो अब कहिले देखि बज्न थाल्छ ।’ यो प्रश्नले उनलाई कता कता पोल्दो रहेछ । रेडियोका प्रवन्ध निर्देशक चन्द्र भण्डारीको भनाई सापटी लिएर श्रोताहरुलाई भन्ने रेडिमेट जवाफ चााहि उनको पनि एकसातादेखि नै भन्ने रहेछ । झापाको शान्तिनगर क्षेत्र, प्राध्यापन पेशा र मिडिया क्षेत्रसँग जोडिएको विषयहरुलाई सारमा राखेका खतिवडाले दुई वर्षदेखि समवेदनाहरु प्रशारण गर्न नपाएकोमा दुख व्यक्त गरे । उनले समवेदना कार्यक्रम कै कारण सामाजिक रुपमा सम्बन्धहरु विस्तार भएको, मानसम्मान पाएको बताए । मिडिया क्षेत्रमा मेहनत र लगनशिलताको आवश्यकता भएको बताउँदै नयाँ पुस्ताहरुले मिडिया मार्फत समाजलाई योगदान गर्न आएकोमा धन्यवाद समेत व्यक्त गरे ।
‘ प्रवन्ध निर्देशक चन्द्र जी रेडियो एकसाताबाट बज्छ भन्नुहुन्छ, हामी पनि सोध्नेलाई यहि भन्छौ ’ उनले भने— ‘चन्द्र जीको एकसाता कहिल्यै पनि नआउने रहेछ भनेर अहिलेचाँहि सोध्ने जतिलाई म भन्छु अब कञ्चनजंघा एफएम बज्दैंन होला , चन्द्र जी भन्नुहुन्छ एकसाता पछि बज्छ , म भन्छु बज्दैंन् । ’ अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीको प्रशंसा चाँहि खतिवडाले राम्रै सँग गरे । यसकारण पनि आफुले सक्रिय रुपमा पत्रकारिता नगरे पनि धेरै अगाडीदेखि सञ्चारक्षेत्रमा जोडिएको खुलाए । उनले एउटा समवेदना बाचकका रुपमा परिचित भएको र त्यसबाटै आफुलाई धेरैले चिन्ने गरेको बताए ।। शिरो सान्दाईले पत्रकारितासहित आफुले जीवनमा भोगेका अनुभव सञ्चारकर्मीहरुमा माझ प्रस्तुत गरिरहदा कार्यक्रम स्थल प्रेस चौतारी नेपाल झापा शाखाको सभाहल सुनशान थियो । खासखुस कहि कतै भएन , सवैजना मन्त्रमुग्धका साथ उनको कुरा सुनिरहे र मुन्टो हल्लाई रहे । शिरो सान्दाईले पत्रकारितासहित आफुले जीवनमा भोगेका अनुभव सञ्चारकर्मीहरुमा माझ प्रस्तुत गरेका थिए । उनी भन्दैं निए म उमेर र अनुभवका कारण अग्रज पत्रकार भए होला तथा पत्रारिकतामा चाँहि अरु थुप्रैले जति संघर्ष गर्नुभयो मैले चाँहि गरेको छैन् म उहाँहरु प्रति सम्मान व्यक्त गर्दछु ।
यसै क्रममा उपस्थिति पत्रकारहरुले जिज्ञाशासमेत राखेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश उनैले पारेका थिए । उनले झापाका अग्रज पत्रकारहरुसँग चौतारीले ‘अग्रजलाई सुनौं कार्यक्रम’ लाई निरन्तरता दिने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शम्भू दाहाल, कोशीका कोषाध्यक्ष बिशाल नेम्वाङ, सचिव लक्ष्मी उप्रेती, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, प्रेस चौतारी उपचार कोषकी संयोजक भीमा शिवाकोटी, प्रेस चौतारीका झापा इञ्चार्ज मनकुमार गदाललगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारीका झापा सचिव युवराज आचार्यले गरेका थिए ।