१४ बैशाख, मेचीनगर : आगामी ३ वर्षे कार्यकालका लागि शहीद वीरेन स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः पदम गौतम सर्वसम्मत चयन गदैं प्रतिष्ठानको १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि मेचीनगर नगरपालिका कार्यवाहक नगरप्रमुख मीना पोख्रेल उप्रेतीले प्रतिष्ठानको सभाहल मेचीनगर १५ ज्यामिरगढीमा साधारणसभाको विधिवत उद्घाटन गरेकी थिईन् ।
अध्यक्षसहित कार्य समितिका सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन भएको प्रतिष्ठानले जनाएको छ । समितिको उपाध्यक्षमा चेतबहादुर राउत, सचिवमा चेतन बिष्ट, सहसचिवमा हेमकुमार राई, कोषाध्यक्षमा आरती राजबंशी र सदस्यहरुमा विमला राजबंशी, राजु राजबंशी, जोगेन राजबंशी, रामचन्द्र गौतम र सुनिता राजबंशी चयन भएका छन् । प्रतिष्ठानका अध्यक्ष पदम गौतमले कार्यक्रमको अध्यक्षता गदैं प्रतिष्ठानको अक्षयकोष वृद्धि गर्ने लगायतका प्रतिवद्धताहरु व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर १५ का वडाध्यक्ष राजन भट्टराईलगायतले बोलेका थिए । संविधानसभा सदस्य मानसिंह राजबंशी, भद्रपुर ९ का वडाध्यक्ष राम दाहाल, ज्यामिरगढी माविकी अध्यक्ष मञ्जु बस्नेत, शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशी, शहीद विश्वनाथ घिमिरेका नाति निरज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा शिक्षासेवी भीम खवास, पत्रकार मोहन काजी र आदिबासी क्षेत्रका अगुवा चुण्डा हस्दालाई सम्मान गरिएको थियो । शिक्षा, पत्रकारिता र आदिवासी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मेचीनगरका तीन प्रतिभालाई सम्मान गरिएको हो ।
शिक्षा, साहित्य र राजनीतिक क्षेत्रका अगुवा खवास ज्यामिरगढी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक र धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ भने पत्रकार काजी लोकतन्त्र पोस्टका सम्पादक एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । आदिवासी क्षेत्रका अगुवा हस्दा सन्थाल समुदायको नेता हुनुहुन्छ ।
प्रतिष्ठानले मेचीनगर–१४ दुहागढीस्थित बालसुबोधिनी माध्यमिक विद्यालय नगरको उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ । कायृक्रमका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख उप्रेतीले सम्मानित व्यक्तित्व र शैक्षिक संस्थालाई खादा, अविर टीका र माला पहिर्याएर सम्मान पत्र प्रदान गरेकी थिईन् । मेचीनगर–१४ दुहागढीस्थित बालसुबोधिनी माध्यमिक विद्यालयलाई नगरको उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको हो । विद्यालयका प्रअ विश्व थापाले कार्यक्रममा सम्मान ग्रहण गरेका थिए । शहीद वीरेन स्मृति प्रतिष्ठान झापा विद्रोहका महान शहीद वीरेन राजवंशीको स्मृतिमा स्थापना गरिएको