मानव सेवा आश्रम मेचीनगरमा मातातीर्थ औशी………..

१४ बैशाख, बाहुनडाँगी :
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।
जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।

कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।

कृष्णप्रसाद भट्टराईको आमा शीर्षकको कविताको एउटा अंश । कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा राखिएको छ । आइतबारविभिन्न कारणले सडकमा आश्रय लिइरहेका मानिसहरुको आश्रय स्थल मानव सेवा आश्रम शाखा मेचीनगर ४ झापाका संयोजक खगेन्द्र विश्वकर्माले यही कवितांश सुनाउँदै मानवीय सेवामा अग्रसर हुन आग्रह गर्दा कार्यक्रमस्थल तालीले गुञ्जायमान बन्यो । कार्यक्रमस्थल थियो, झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडागीमा रहेको मानव सेवा आश्रमको शाखा परिसर ।

उनको यो कविता वाचनले मातातीर्थ औशीका आवसरमा आयोजित एउटा कार्यक्रममा सहभागी सवैका आँखा रसाए । उनका अनुसार आज दिनभरिमा जिल्लाका अलग अलग स्थानबाट विभिन्न मानिसहरु भौतिकरुपमा उपस्थित भएर आश्रममा रहेका ४८ जना सहयोगापेक्षी ‘बेसहारा, असहाय, अनाथ, अभिभावकविहीन’ सडक आश्रित मानव ‐आमा—बुबा) लाई भोजन गराएका थिए । सहयोगापेक्षी वेसाहार, अशक्त असाहय अनाथ अभिभावकविहिन सडक आश्रितहरुको अनुहारमा समेत यो कर्मले निक्कै खुशी देखिन्थयो ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पोख्रेल उप्रेतीले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताईन् । उनले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने भन्दैं ‘समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्ने र यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु पनि हो भनिन् । मानव हुनुको नाताले असहाय, घरबारविहीन व्यक्तिको उद्धारका लागि आश्रमको काममा सदैव सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरिन् ।

आश्रम निर्माणका लागि मेचीनगर नगरपालिकाले २५ लाख रुपैया बजेट विनियोजन गरेको कार्यवाहक नगरप्रमुख उप्रेतीले जानकारी दिईन् । चालु आर्थिक बर्षमा पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको तथा मेचीनगर नगरपालिकाको संयोजनमा कनकाई नगरपालिकामा बसेको पालिकाका प्रमुख ÷अध्यक्षहरुको बैठकबाट जिल्लाका कनकाई, भद्रपुर, विर्तामोड, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत बिनियोजन गरिसकेको बताइएको छ ।
उनले मानव सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हरेकको जीवन पद्धतिका रुपमा अपनाउनुपर्नेमा जोड दिइन् । जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनीहरुको सवै हरेक मानिस रहेको बताईन् । मानव सेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियताको प्रशंसा गदैं कार्यवाहक नगरप्रमुख उप्रेतीले यो कार्य सबैका लागि प्रेरणादायी भएको बताईन् ।

नले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउँदै यस्तो सेवामा आफू जोडिन पाएकोमा खुशी समेत व्यक्त गरिन । ‘धेरै मानिसले अलग अलग थुप्रै काममा पनि सहयोग गर्ने भए पनि परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो’ । उनले थपिन् । अशक्त, असहाय मानिसको उद्धारले मानव सभ्यताको सकारात्मक सन्देश समाजमा फैंलिदा सडकमा मागेर जीविकोपार्जन गर्ने कार्यको अन्त्य हुने कार्यवाहक नगरप्रमुख उप्रेतीले विश्वास व्यक्त गरीन् ।

मानव सेवाले शुरु गरेको आश्रमका लागि स्थानीय सरकारको साथ सहयोग रहने बताउदैं उनले पवित्र उद्धेश्यले मानव सेवाका लागि स्थापना गरिएको मेचीनगर आश्रममा खाद्यान्न, जिन्सी तथा नगद सहयोग गर्न सकिने बताईन । मानिसको सवैभन्दा ठूलो धर्म सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवा नै भएको उनले पटक पटक दोहोर्याईन् ।

सहयोगापेक्षी सडक आश्रित मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ आमडाँगीमा एक करोड रुपैयाँको लगानीमा मानव सेवा आश्रमले भवन निर्माण गरेको छ । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवास गर्न भवन निर्माणका लागि मेचीनगर —४ आमडाँगीका मानवकारी दाता परिवार रामबहादुर प्रधान श्रीमतीहरु पूर्णमाया प्रधान र लक्ष्मी प्रधानले निःशुल्क प्रदान गरेको सवा दुई विगाह जमिनमध्ये दश कठ्ठा जमिनमा आश्रम भवन निर्माण गरिएको छ । २३ मंसिर २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सो भवनको विधिवत रुपमा उदघाटन गरेका थिए । प्रधानमन्त्री–पत्नी राधिका शाक्य आश्रमको संरक्षकका रुपमा छन् ।

हाल आश्रममा १३ मलिासहित ४८ जना सडक आश्रित मानव राखिएको छ । विगतमा जिल्लाबाट उद्धार गरिएकाहरुलाई विराटनगरस्थित आश्रममा राखिने गरिएको थियो । देशका विभिन्न स्थानमा सञ्चालन रहेका आश्रममध्ये मेचीनगरमा निर्मित २३ औं शाखा रहेको संयोजक विश्वकर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको देशमा सडकमा बेवारिसे मानव देखिनु अशोभनीय भएको बताएका थिए ।

प्रधानमन्त्रीले मानव सेवा आश्रमले गरेको महान् कार्यबारे यसअघि आफूलाई थाहा नभएको र श्रीमती राधिका शाक्यले यस विषयमा आफूलाई जानकारी गराएको पटक पटक बताउदैं आएका छन् । २०८२ सालसम्म नेपाललाई सडक मानवरहित राष्ट्र घोषणा गर्ने महान् अभियानमा सरकारको सधैं साथ र सहयोग रहने प्रधानमन्त्री ओलीले प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.