संकटमा पदैं परम्परागत बस्तु , उस्वेलाको ढिकी जाँतोअहिले कुनै बेलाको कथाजस्तै

२२ बैशाख, मेचीनगर :  झापा मेचीनगर —६ काँकरभिट्टा पूर्वी भानुटोलका देविप्रसाद उप्रेती उमेरका हिसावले ८३ वर्ष पुगे । हरेक वर्षका दशै तिहारलगायतका अन्य चाडपर्वमा गाउँघरमा ढिकी जाँतोको आवाज निक्कै सुन्थे । पछिल्लो समय उनको कानमा ढिकी जाँतोको आवाज गुञ्जिन छोडेको छ । ‘अहिले यस्ता सामान गाउँघरबाट हराउँदै गए ’ उनले भने— दशैं आएको १५ दिनदेखि नै थाहा हुन्थ्यो, तिहारमा ढिकीमा पीठो कुट्नेको लाम उस्तै हुन्थ्यो ।’ अहिले शहर बजारमा खुलेका अत्याधुनिक मिलको काम उस्वेला तिनै ढिकी जाँतो र ओखलले गर्दथे ।’ ढिकी जाँतो अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी जाँतो र ओखलको प्रयोग घट्दै गएपछि क्रमस ती सामान लोप हुने अवस्थामा पुगेका छन् ।

नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति मेचीनगरका बूढापाकाले दुःखेसो पोख्दै चिन्ता समेत व्यक्त गरेका छन् । नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण गदैं आफूहरूको पालाका ढिकी, जाँतो ओखललगायतका अन्य परम्परागत वस्तुलाई लोप हुनबाट जोगाउनुपर्नेमा ज्येष्ठ नागरिक रामप्रसाद दाहालको जोड छ । ‘अहिले शहर बजार र गाउँघरमा खुलेका मिलले मानिसको दैनिक जीवनमा सहजता त बनायो तर, हाम्रा परम्परागत र संस्कृति संकटमा पदैं गए । ’ ज्येष्ठ नागरिक समाज मेचीनगरका अगुवा समेत रहेका दाहालले प्रतिक्रिया दिए ।

कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिएका यस्ता पुस्ता पछिल्लो समयका नयाँ पुस्ताले चिन्न समेत छाडेको सोहि ठाउँका टीकाप्रसाद खनालको भनाई छ । उस्वेला गाउँघरमा प्रश्स्त देखिने ढिकी जाँतो ओखल पछिल्लो सयम लोप हुन थालेको खनालको बुझाई छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत यस्ता साधन लोप हुन थालेको उनले थपे । ढिकी जाँतो कुटानीपिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि भएको मेचीनगर —७ का पंण्डित माधवप्रसाद ढकालले बताए ।

यस्ता परम्परागत सामग्रीको अस्तित्व संकटमा पर्दै गएको भन्दैें उनले चिन्ता समेत व्यक्त गरे । प्रविधिको विकाससँगै पछिल्लो समय स्थानीयले हरेक गाउँघरमा मिल सञ्चालन गर्न थालेका कारण पनि ढिकी जाँतोको महत्व हराउँदै गएको छ । उस्वेला ढिकी र जाँतोले कुटने र पिस्ने काम अहिले गाउँघरमा सञ्चालनमा रहेका मिलले गर्न थालेका छन् । यसैका कारण पनि पहिलाका ढिकी जाँतो अहिले घरको कुनै एउटा कुनामा थन्क्याउन थालिएको छ ।

परम्परागत ढिकी जाँतो हराउँदै गएका कारण घर–घरमा विद्युतबाट सञ्चालन हुने मिल भेटिन थालेको झापा मेचीनगर —६ काँकरभिट्टा पूर्वी भानुटोलका मिल सञ्चालक कैलाशकुमार श्रेष्ठको भनाई छ । ‘झण्डै डेढ दुईदशक अगाडि घरैपिच्छे ढिकी र जाँतो भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, यसरी मिल सञ्चालनमा आयो अनि ती वस्तु क्रमस हराउँदैं गए ।’ श्रेष्ठले थपे । पहिला पहिला ढिकी जाँतो र ओखलमा धानलगायत अन्य बस्तु कुट्ने र पिस्ने अहिले सवै उनकै मिलमा आइपुग्ने गरेका छन् ।

मिलमा कुटेको र ढिकी जाँतोमा पिसेको खाद्यन्नको स्वाद समेत निक्कै फरक पर्ने उनकै छिमेकी रमेश श्रेष्ठको अनुभव छ । खासगरी तिहारको बेला ढिकी जाँताको बढी प्रयोग हुने गर्दथ्यो । तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टीका लगाउने, दयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने चलन भए पनि अहिले त्यो प्रचलनसमेत हराउँ गएको बताइएको छ । अहिले मेचीनगर —६ काँकरभिट्टाको पूर्वी भानुटोलमा कैलाशसकुमार श्रेष्ठले धान गहुँ, मकै र अमृता निरौलाले पीठो, हर्दी, चिरालगायतका अनय वस्तु कुटाउने र पिसाउने मिल सञ्चालनमा ल्याएका छन् ।

 

दुवैको मिलमा कुटानी पिसानीका लागि आउने मनिसको भीड उत्तकै लाग्ने गरेको छ । नियमित विद्युत आपूर्ति तथा लोडसेडिङ्ग नभएका कारण पनि धान, मकै, गहुँ, जिरा, धनियाँ हर्दीलगायतबा खाद्य वस्तु लिएर मिलमा आउने गरेका छन् । अहिलेको पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने समेत गरेको अमृताको भनाई छ । ‘पहिले गाउँघरका ढिकी जाँतोमा धान, मकै गहुँलगायतका वस्तु कुट्ने र पिस्न गाउँलेको घुइँचो लाग्थ्यो ’ अमृताले भनिन् —‘ जव गाउँघरमा मिलहरु सञ्चालनमा आए गाउँले सबै मिलमै कुटानी पिसानीको लागि जान थाले ।’ मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको अर्की धान मिल सञ्चालक मैया श्रेष्ठको बुझाई छ ।

झापा मेचीनगर —७ की ८३ वर्षीया पानवती चौधरीसँग पहिला पहिला आफ्नै घरको ढिकी ओखलमा कुटेर र जाँतो पिँधेरै जीवन बिताएको अनुभव छ । थुप्रै प्रकारका खानेकुरा ढिकी–जाँतो र ओखलमा कुट्ने र पिस्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आएकी उनी अहिले सिटी सफारीमा धानको बोला हालेर झण्डै आधाघण्टाको दुरीमा रहेको धान मिलमा कुटानी पसिानीका लागि आउने गरेकी छन् । ‘ऊ बेला खास गरी चौधरी र राजवंशी समुदायका घर घरमा ढिकी जाँतो र ओखल हुन्थयो । गाउँमा ढिकी जाँतो र ओखल नभएको कुनै घर हुँदैन थियो ।’ चौधरीले भनिन् —‘ त्यसवेलाको ढिकी जाँतो र ओखलको महत्व कति हुन्थ्यो हामीलाई मात्र थाहा छ । उस्वेलाको हाम्रो मिल ढिकी जाँतो र ओखल केही वर्षदेखि गाउँघरबाट क्रमस हराउन थाले । अहिलेका नयाँ पुस्तालाई यसको थाहा नै छैनन् । हामी गाउँघरका बुढाबुढीलाई समेत ढिकी जाँतो ओखल कुनै बेलाको कथाजस्तै हुने थालेको छ ।’

यही काँकरभिट्टाका प्रत्येक घरमा ढिकी ओखल र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै जाने क्रममा रहेको सुगावती चौधरीको भनाई छ । ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिस्नलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडे । ’ उनले भनिन् । ढिकी, जातो र ओखलमा बिहानभरि लाग्ने काम विद्युतीय मिलमा एकैछिनमा हुने उनको भोगाई सुनाईन् । गाउँमा विद्युतीय मेसिन छिरेसँगै ढिकी जाँतो र ओखलको प्रयोग गर्न छाडेको उनले बताईन् । यस्ता परम्परागत मौलिक ढिकी जाँतोको संरक्षण गर्दै र भावी पुस्तालाई देखाउँदैं संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन पनि जरुरी रहेको स्थानीय झनकलाल दाहालको भनाई छ । पहिला पहिला हरेक गाउँघरमा देखिने ढिकी, जाँतो ओखलहरु पछिल्लो समय हेर्नकै लागि टाढा टाढा र संग्रहालय पुग्नुपर्ने बाँध्यता बनेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.