मेचीनगरका अधिकांश औषधि पसल मापदण्ड विना सञ्चालन, दुईवटालाई गराईयो जरिवाना

३१ बैशाख, मेचीनगर :  झापाको मेचीनगरमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू मापदण्डविपरीत रहेको पाइएको हो ।

 

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य कार्यालय झापा, जिल्ला आयूर्वेदिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले नगरका प्रमुख व्यपारिक केन्द्र काँकरभिट्टा,इटाभट्टा धुलावारीलगायतका क्षेत्रमा सञ्चालनमा रहेका प्रयोगशाला, औषधि पसल, डेन्टल क्लिनिक, अस्पतालको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दुईवटालाई ठाउँका ठाउँ नगद जरिवाना गराईएको थियो भने, थुप्रैलाई सचेत गराईएको छ ।

नगरमा इजाजत नलिई गैरकानूनी रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका त्यस्ता स्वास्थ्य संस्थालाई कारवाही समेत थालिएको छ । मेचीनगर–१० को धुलावारीमा विगत निक्कै वर्षअघिदेखि सञ्चालनमा रहेको शिखर हस्पिटल प्रालिले इजाजत पत्र समेत नवीकरण गरेको छैन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठका अनुसार न्यू मिलन क्लिनिकले इजाजत नै नलिई प्याथोलोजी सञ्चालन गरिरहेको, मेचीनगर–९ को हरि हलेसी मेडिकल हल र रुपा मेडिकलले मेडिकल सञ्चालनको लागि इजाजत लिए पनि समयमै नवीकरण गरेका छैनन् ।

इजाजत पत्र नविरकण नगरी गैरकानूनीरुपमा सञ्चालन भएका यस्ता व्यवसायीहरुलाई एकसाताभित्र मापदण्ड पूरा गरेको कवुलियतनामा निवेदनसहित मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखामा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए । मेचीनगर–७, ईटाभट्टामा रहेको राधास्वामी स्वास्थ्य उपचार क्लिनिक र मेचीनगर–६ काँकरभिट्टास्थित एपोलो डेन्टल,पाथिभरा डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टर क्लिनिकका सञ्चालकलाई जनही ३० हजार रुपैयाँ जरिवाना गराईएको श्रेष्ठले जानकारी दिए ।

ती स्वास्थ्य संस्थाले सम्बन्धित निकायबाट इजाजत नलिई गैरकानूनी रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेकोले दोस्रो चरणमा कारवाही स्वरुप जरिवाना गरीएको उनले बताए । एपोलोलाई २०७९ फागुन ७ गते र राधास्वामीलाई २०८० चैत ६ गते अनुगमनका क्रममा सचेत गराइएको थियो । तर, पनि उनीहरुले अनुगमन टोलीको निर्देशन अवज्ञा गरेका कारण जरिवाना गराइएको हो ।‘ पहिलो पटक अनुगमनका क्रममा समेत इजाजत नपाएको र उनीहरुलाई सम्बन्धित निकायबाट लिन भने पनि उनीहरुले अटेर गरेका थिए ।’ श्रेष्ठले भने । सम्बन्धित निकायबाट इजाजत नलिइएका कारण तीन दिनभित्र जरिवानासहित कार्यालय आउन निर्देशन दिइएको छ । साथै त्यस्ता पसललाई सुधार गर्न निर्देशन समेत दिइएको र तोकिएको समयमा सुधार नभए कानुनबमोजिम कारबाही गरिने बताईएको छ ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकहरूलाई सरसफाइमा ध्यान दिन तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक राख्ने अनुगमन टोलीले सुझाँव दिएको छ । पहिलो चरणमा सचेत, दोस्रो पटक जरिवाना र तेस्रो पटकमा पनि जरिवाना नतिरे वा अटेर गरे संस्था बन्द गरिने कानूनी प्रवाधान रहेको श्रेष्ठको भनाई छ । पोलिक्लिनिक, डाइग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक, विशेषज्ञसहितको सेवाहरुको दर्ता र नवीकरण सम्बन्धित पालिकाले स्वास्थ्य कार्यालय झापामा सिफारिस गरिने कानूनी प्रावधान छ । मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले डी र ई वर्गका प्रयोगशाला, क्लिनिक, फार्मेर्सी र १५ शैयाका आधारभूत अस्पतालहरुले नगरपालिकामा दर्ता र नवीकरण गर्नुपर्ने बताइन । अनुगमन टोलीले औषधि पसलहरू दर्ता, नवीकरण भए नभएको, विल विजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि बिक्री वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।

नगरपालिकाक्षेत्रभित्र दुई दर्जनभन्दा बढिको हाराहारीमा औषधि पसलहरू छन् । अधिकांश पसलहरू मापदण्डविपरीत रहेको गुनासो बढेपछि अनुगमनलाई प्रभावकारी बनाईएको र कानुनविपरीत सञ्चालनमा रहेका पसललाई कारबाही गरिने नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताईन् ।

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.