पार्टीभित्र षडयन्त्र गर्नेहरूले ‘बाटो तताउन’ लिङ्देनको चेतावनी

३ साउन, मेचीनगर :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन शनिबार झापाका दुईवटा अलग अलग कार्यक्रममा सहभागी भए । गृह जिल्ला झापाको मेचीनगरमा ५ औं मेचीनगर नगर कार्य समितिको नगर अधिवेशन र झापाको निर्वाचन क्षेत्र नम्बर ३ प्रादेशकि निर्वाचन क्षेत्र क र ख को अधिवेशनमा अध्यक्ष लिङ्देन सहभागी भएका हुन् । २०७९ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए ।

मेचीनगर —१० स्थित पासाङ्ग ल्हामू स्मृति जेसिज भवनमा नगर समितिको अधिवेशन उद्घाटनका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य लिङ्देनले पार्टीभित्र षडयन्त्र गर्नेहरूले ‘बाटो तताउन’ चेतावनी दिए । केही दिन अघि पार्टीका चार नेताले उनीविरुद्ध निकालेको प्रेस विज्ञप्तिप्रति लक्षित गदैं उनले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष लिङ्देनले पार्टीका केही नेताहरुलाई अनुशासनको कारवाही गरे पछि पार्टीमा विवाद चुलिएको छ ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएको मसी सुक्न नपाउँदैं झापा आएर लिङ्देनले विचार मिल्ने भए र पार्टीको नेतृत्व चाहने भए आगामी महाधिवेशनसम्म पर्खन नभए अर्कै बाटो लिएर जान कडा चेतावनी दिएपछि कार्यक्रम स्थलमा सहभागीहरुले गडगडावट तालीले नेता लिङ्देनको भनाईको समर्थन गरे ।

‘विचार मिल्छ तर राजेन्द्र लिङ्देन मन परेन भने महाधिवेशन पर्खनुपर्छ। तर विचार नै मिलेन भने चाहिँ बाटो तताउनु पर्छ।’ उनले थपे । अध्यक्ष लिङ्देनले पार्टीको अनुशासन र विधिमा नबस्नेहरुका लागि बाटो खसला रहेको र बाटो लाग्दा हुने विचार राखे । राप्रपा मात्र एक यस्तो पार्टी हो, जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएर यसका विरुद्ध औँला उठाएको छ,’ लिङ्देनले भने ।

नगर अधिवेशनको उद्घाटन सत्रमा पार्टीकी केन्द्रीय सदस्यहरु खुश्बु ओली, नरेन्द्रकुमार खड्का, धर्म साँस्कृतिक संगठन कोशी प्रदेशका अध्यक्ष ध्रुबकुमार शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेकाहरुलाई खादा, अविर र टीका लगाएर स्वागत गरिएको थियो । त्यस्तै विभिन्न समयमा पार्टीलाई योगदान गर्नेहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा पार्टीका संस्थापक स्वर्गीय मीनबहादुर खड्काकी श्रीमती जानुका खड्का, जमुनादेवी काफ्ले, कुवेरमान राई, बीरबहादुर कटुवाल, रुक्मणि चौलागाईँ, नारायण न्यौपाने, पदमबहादुर कटुवाल, इन्द्रमणि प्रसाई र सूर्यबहादुर राई छन् ।

राप्रपा मेचीनगरकी अध्यक्ष एवम् कोशी प्रदेश सभा सदस्य सविना बजगाईले अध्यक्षतासहित चारवर्षे कार्यकालमा गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । राप्रपा नेता अशोक सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए ।

                                                                                अध्यक्षमा चन्द्र निरौला

अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मेचीनगरको पाँचौँ नगर अधिवेशनले अध्यक्षमा चन्द्र निरौलालाई सर्वसम्मत चयन गरेको छ । निरौला यसअघि दुई पटक पार्टीको नगर सचिव भइसकेका छन् ।  निरौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन भएको हो ।

जसको सदस्यहरुमा सूर्यबहादुर राई, राजननाथ वेडारी, कृष्णबहादुर खड्का, चन्द्रप्रसाद सुवेदी, पर्शुराम पराजुली, गिरीराज पौडेल, शारदा पराजुली, मनिता गिरी, धनमाया गौतम, अस्मिता खरेल, सन्तोष भट्टराई रहेका छन् ।

त्यस्तै होमनाथ बराल, भक्तिप्रसाद गडतौला, लक्ष्मणकुमार लिम्बु, देवीमाया शिवाकोटी, बासुदेव उप्रेती, कुसुम कटुवाल, गोविन्द न्यौपाने, खड्ग श्रेष्ठ र ईन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् ।

निर्वाचित समितिको नाम निर्वाचन समिति संयोजक टंक कटुवालले घोषणा गरेका थिए । समितिलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रीय सदस्यहरु खुश्बु ओली, नरेन्द्रकुमार खड्का, नगर अध्यक्ष सविना बजगाई लगायतले खादा, टीका र अविर लगाएर कार्यकाल सफलताको शुभकामनासहित बधाई ज्ञापन गरेका थिए ।

अध्यक्ष बजगाईले निरौलालाई माइन्यूट हस्तान्तरण पनि गरेकी थिइन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निरौलाले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.