१८ साउन, भद्रपुर : झापा जेसीज पुर्व अध्यक्ष समाजले समाजका सदस्य तथा उनीहरुका घरमा परेको मृत्यू तथा दुःखद कार्यमा समवेदना र श्रद्धाञ्जली सभामा सहभागी हुदाँ सीसाको फ्रेममा लैजाने समवेदना पत्रको अन्त्य गदैँं अब उप्रान्त ‘ए फोर साइजको पेपर’ मा लिएर जाने र शोक पुस्तिकामा राख्ने निर्णय गरेको छ ।
समाजले यो सुधारको कार्यलाई सबै जेसीज शाखा तथा विभिन्न संघ सस्थाहरुमा पनि निरन्तरता दिन आग्रह गर्ने निर्णय गरेको समाजका अध्यक्ष रमेश पोख्रेलले बताए ।
२०७२ सालमा स्थापना भएको समाजले शुरुदेखि नै विभिन्न रचनात्मक र सकरातम्क का मगदैँं आएको भएपनि समाजको विधान निर्माण गरेर कानूनीरुपमा श्रावण ११ गते जिल्ला प्रसासन कार्यालय झापामा विधिवत दर्ता पछिको पहिलो बैठक शनिबार झापाको विर्तामोडमा सम्पन्न भएको र सोहि बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको अध्यक्ष पोख्रेलले बताए । अब स्थानीय पालिकामा सूचिकृत र आन्तरिक राजस्व कार्यालय झापामा पानमा दर्ता प्रक्रियामा जान तयारी बैठकले गरेको अध्यक्ष पोख्रेलले बताए ।

यसअघि समाजले गरेका हरेक गतिविधिहरुको समिक्षा गर्दै ती कार्यक्रम अत्यन्तै फलदायी र समाज सुधारका लागि निक्कै रचनात्मक काम भएको निष्कर्श बैठको छ । साथै बैठकले विधान मस्यौंदा समितिसहित सस्था दर्ता प्रक्रियामा प्रत्यक्ष तथा परोक्षरुपमा साथ सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्ने सवैप्रति हार्दिक आभारसहित जिल्ला प्रशासन कार्यालय भद्रपुर झापालाई धन्यवाद ज्ञापन गरेको छ ।
१३ बैशाखमा झापाभरिका शाखा अध्यक्ष तथा पदाधिकारीको सहभागितामा भएको तालिम कार्यक्रम को समिक्षा र आगामी दिनमा नेतृत्व विकास र क्षमता बृद्धिका लागि के कस्ता तालिमकसरी गर्न सकिन्छ ? लगायतका विषयमा शाखा अध्यक्षहरुसँग निकट भविष्यमा छलफल गर्ने बैठको निर्णय छ ।
छ महिना भित्र गर्नुपर्ने साधरण सभा आगामी भदौं महिनाको तेस्रो हप्ताभित्र बिर्तामोडमा गर्ने निर्णय बैठकले गरेको छ ।




































