२ भदौं मेचीनगर : रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको ‘डिस्ट्रिक गभर्नर अफिसियल क्लब भिजिट’ आइतबार सम्पन्न भएको छ । मेचीनगर— ६ काँकरभिट्टास्थित स्थानीय होटल ग्रेसमा सम्पन्न कार्यक्रममा क्लबको सन् २०२५-२६ को तेस्रो ‘क्लब एसेम्ब्ली’ नियमित साप्ताहिक बैठकसमेत गरिएको थियो ।
क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटानका डिस्ट्रिक गभर्नर विनोद कोइराला, डिस्ट्रिक सेक्रेटरी सुवास सिग्देल, रिजन सेभेनका सहसचिव एवम् क्लबका पूर्व अध्यक्ष सुजन प्रधान, असिस्टेन्ट गभर्नरहरु इञ्जिनियर रुद्र मैनाली निकिता गिरीलगायतको टोली ‘डिस्ट्रिक गभर्नर अफिसियल क्लब भिजिट’मा सहभागी थियो ।
डिस्ट्रिक गभर्नर कोइराला

डिस्ट्रिक गभर्नर विनोद कोइरालाले शुरुमा क्लबको हालसम्मको गतिविधि समेटिएको लिखित प्रतिवेदन अध्ययन गरेका थिए । सोहि अवसरमा रोट्रयाक क्लब काँकरभिट्टाका पदाधिकारी सदस्यहरुसँग समेत छुट्टाछुट्टै छलफल गरेका थिए ।कार्यक्रममा क्लब एडमिनिस्ट्रेशन चियर रोहितकुमार बुढाथोकी, रोटरी फाउन्डेसन चियर, मोहन निरौलाकोतर्फबाट पुर्व अध्यक्ष इञ्जिनियर रुद्र मैनाली, मेम्बर सीप कमिटी चियर रीता प्रधान, पब्लिक इमेज चियर भगिरथ राई, सर्भिस प्रोजेक्ट चियर दीपेन्द्रराज पाण्डेकोतर्फबाट को चियर कमल गुभाजु, यूथ सर्भिस चियर पेमा तामाङले सन् २०२५-२०२६ को हालसम्मको अवधिमा क्लबले भए गरेका र आगामी दिनमा गर्ने भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले आफुले पदभार ग्रहण गरेपछि यता नियमित बैठक, अतिथि वक्ताका रुपमा प्रशिक्षणमुलक कार्यक्रम, बोर्डको बैठक, अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९२ ‘क्लब अफिसर्स लर्निङ्ग सेमिनार’ विर्तामोडमा सहभागी, रोट्रयाक क्लब काँकरभिट्टा र मेचीनगर म्यूनिसीपलसँगको संयुक्त बैठक, बृक्षारोपणलगायतका काम सम्पन्न गरिएको टोलीलाई जानकारी गराए । उनले योजना अनुसार नै अगष्टमा‘क्लब एसेम्ब्ली’ तथा डीजी भिजीट तय गरिएको बताए ।
डिस्ट्रिक सेक्रेटरी सिग्देल
असिस्टेन्ट गभर्नर गिरी

उनीहरुले प्रस्तुत गरेको प्रतिवेदनमाथि डिस्ट्रिक गभर्नर कोइरालाले सुझाँवसहितको टिप्पणी गरेका थिए । प्रतिवेदनका विषयमा डिस्ट्रिक गभर्नर कोइरालाले राखेको जिज्ञाशामा क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठ र सम्बन्धित चियरहरुले जवाफ दिएका थिए ।
उनले क्लबले गरेका हरेक गतिविधिहरुलाई जनमानस समक्ष पुर्याउन र कुनै पनि सामाजिक काम गर्दा अन्य संघ संस्थाहरुसँग समन्वय गरेर गर्दा राम्रो हुने सुझाँव दिएका थिए । उनले प्रतिवेदनमा समेटिएका योजनाहरुलाई सम्बन्धित पक्षको आवश्यकताका आधारमा समयमै सम्पन्न गर्न समेत सुझाँव थिए । योजना छनौट गर्दा त्यसको आवश्यकता र भावी दिनमा त्यसको सञ्चालन र रेखदेखमा समेत ध्यान दिन डिस्ट्रिक गभर्नर कोइरालाले सुझाँव दिए ।‘ रोटरीले आवश्यकताका आधारमा योजना सम्पन्न गर्ने हो ’ उनले भने, ‘निर्माण पछिको सञ्चालन र रेखदेखको जिम्मा सम्बन्धित पक्षलाई दिनुपर्दछ । रोटरीले सवै काम गर्दैन् ।’
डिस्ट्रिक सेक्रेटरी सुवास सिग्देल, रिजन सेभेनका सहसचिव एवम् क्लबका पूर्व अध्यक्ष सुजन प्रधान, असिस्टेन्ट गभर्नर निकिता गिरीले समेत विभिन्न सुझावसहित हालसम्म क्लबले धेरै काम गरेको र अझै निक्कै गर्न बाकी रहेको नियमितरुपमा त्यसलाई पनि पुरा गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरुले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राखेका थिए ।
सोहि अवसरमा क्लबको सन् २०२५-२६ को तेस्रो ‘क्लब एसेम्ब्ली’ नियमित साप्ताहिक बैठकसमेत सम्पन्न भयो ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु इञ्जिनियर रुद्र मैनाली, डाक्टर आनन्दराज खनाल, अशोक श्रेष्ठ, दिलिप सुवेदी, राधिका गुरुङ, सुजन प्रधान, कृष्णकान्त [नवराज]खनियाँ क्लबका विभिन्न जिम्मेवारीमा रहेका कृष्णराज पौडेल, युवराज भट्टराई, लक्ष्मीदेवी खनियाँ, विजया तामाङ, कमल गुभाजु, उषा प्रधान, शरद खनाल, गीता आचार्य, दुर्गाबहादुर लुइटेल, पेमा तामाङ, भगिरथ राईलगायतको सहभागिता रहेको क्लबका मिडिया संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
सन् २०२५-२०२६ का सेक्रेटरी रविन सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सन् २०२५-२०२६ का प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवी खनियाँले शब्दमार्फत स्वागत र प्रथम उपाध्यक्ष कृष्णराज पौडेल धन्यवाद ज्ञापन गरेका थिए ।
डाक्टर पुनको पुस्तक रोटरीमा
वैज्ञानिक डाक्टर महावीर पुनको आत्मकथा “महावीर पुन सम्झना, सपना र अविर यात्रा “ पुस्तक रोटरी अन्तर्राष्ट्रिय ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले २३ वटा खरीद गरेर सहयोग गरेको छ ।
आईतबार काँकरभिट्टास्थित होटल ग्रेसमा भएको “डिस्ट्रिक गभर्नर अफिसियल क्लब भिजिट“ का अवसरमा क्लबका सदस्यहरूले उक्त पुस्तक खरिद गरेर सहयोग गरिएको क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । डाक्टर पुनले डिस्ट्रिक गभर्नर रोटरियन विनोद कोइरालालाई पुस्तक हस्तान्तरण गरेर विक्री खुला गरेका थिए ।




































