मुख्यमन्त्री कार्कीद्वारा ‘जेन-जी’ आन्दोलनले क्षतिग्रस्त कार्यालयको निरीक्षण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको प्रदेश कार्यालयको स्थलगत निरीक्षण गरेका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका सचिवसहित उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै क्षतिको विस्तृत विवरण सङ्कलन गर्न निर्देशन दिएका छन्। उनले तत्काल क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले केही दिनभित्रै घटनाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.