४ मंसिर, मेचीनगर : विश्व वाल दिवसको अवसर पारेर विहीबार [आज] अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापा मेचीनगरका दुईवटा आश्रम तथा एउटा सामूदायिक विद्यालयमा पौष्टिक आहार वितरण गरेको छ ।
पोषण तत्वहरूको कमी हुनासाथ बालबालिकाहरुमा अनेक समस्या आउने भएकाले सानै उमेरमा पोषणयुक्त खानेकुरा दिनुपर्ने र ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा समस्या आउन नदिने उद्धेश्यलेसहित क्लबले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडाागीमा रहेको मानवसेवा आश्रम ‐मानवता प्रवद्र्धन महाअभियान) र मेचीनगर ७ मा रहेको जागृत बाल उद्धार केन्द्र र सोहि वडामा रहेको अरनिको माध्यमिक विद्यालय सतिघट्टामा पौष्टिक आहार वितरण गरेको क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तर्राष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रिय सघंद्वारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्धेश्यले यो दिवस मनाउन सुरु गरीएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथि छलफल गरी उनीहरुको आधारभुत अधिकार समेत तोकिएको थियो । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँन्छ ।

संयुक्त राष्ट्रसंघले १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको थियो त्यसको सम्झनामा पनि यो दिवस मनाउन थालिएको छ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ । यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ ।




































