झापा निर्वाचन क्षेत्र नम्बर १ मा ओली पक्षधर प्रतिनिधि विजयी

१३ मंसिर, मेचीनगर :  नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) को आगामी मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि झापाका निर्वाचन क्षेत्र नम्बर १ बाट सवै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर महाधिवेशन प्रतिनिधि विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार खुलातर्फ सवैभन्दा बढी खेमराज पोखरेल (राजु) ले ९६५ मत प्राप्त गर्दै विजयी भए । त्यसैगरी लक्ष्मीकुमार राई ८२८ र असारु राजवंशी ८९२ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । महिलातर्फ रमा भण्डारी ढकालले ११०५ मत र जानुकादेवी ओलीले ९३६ मतका साथ विजयी भए । युवातर्फ दीपक बराल ८३३ मत ल्याएर निर्वाचित भएका छन् ।
जगन भट्टराईले ३०९, गोविन्द गिरीले ४०० र हर्कबहादुर वस्नेतले ३५४ मत प्राप्त गरेका थिए । पराजित तीनैजना इश्वर पोख्रेल पक्षका उम्मेद्वार रहेको पार्टी स्रोतले जनाएको छ । युवातर्फ प्रितम काफ्लेले ५०९ र दुर्गा (रेनुका) डाँगी ५२३ मत मात्र प्राप्त गरेका थिए ।

निर्वाचनमा दुवैपक्ष खेमा बनाएर चुनावी मैदानमा थिए । राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र–१ बाट ६ जना प्रतिनिधि निर्वाचित भएका हुन् । ६ जना प्रतिनिधिका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए ।

नेकपा एमाले झापा क्षेत्र नं.१ को चुनाव विहान १० वजेदेखि दिउँसो २ वजेसम्म चार वटा ठाउँमा भएको थियो । जम्मा २६३५ मतदाता मध्ये १४५५ जनाले मतदान गरेका थिए ।

झापा–१ अन्तरगत १, २, ३ र ४ नम्बर वडाको मेचीनगर–२ भृकुटी बजारमा भएको चुनावमा ४८२ मतदातामा २७८ मत खसेको थियो । वडा नम्बर ५, ६, ७ र ८ को मेचीनगर–६ स्थित एमाले क्षेत्रीय पार्टी कार्यालय काँकरभिट्टामा भएको चुनावमा ५५१ मा ३०४ मत खस्यो ।

वडा नम्बर ९, १० र १५ को मेचीनगर–१० स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा भएको चुनावमा ३८८ मा २३६ मत खसेको थियो ।

यस्तै वडा नम्बर ११, १२, १३ र १४ को मेचीनगर–१२ स्थित जालपा सामुदायिक भवनमा भएको चुनावमा ६५२ मतमध्ये ३०१ मत खस्यो ।वडा नम्बर ९ र १० को भद्रपुर–९ मा रहेको मुना भवनमा भएको चुनावमा १७८ मा १६१ मत खसेको थियो ।

यता बुद्धशान्ति वडा नम्बर ४, ५, ६ र ७ को बुद्धशान्ति–४ टिमाई स्थित भुटानी शिविरमा भएको चुनावमा ३८४ मतदातामा १७५ जनाले मतदान गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.