‘वन डे प्याक हलीडे’ सम्पन्न : विभिन्न स्काउट प्याकका साना स्काउटहरूको प्रतिभा झल्किने प्रतिस्पर्धा

१३ मंसिर, मेचीनगर : युनाइटेड युथ ओपन क्रयूले झापाको धुलाबारी माध्यमिक विद्यालयमा आयोजना गरेको ‘वन डे प्याक हलीडे’ झापा जिल्लाका विभिन्न विद्यालयका कब/ब्राउनी(११ वर्ष मुनिका बालबालिका) स्काउटहरूको उत्साहपूर्वक सहभागितामा सम्पन्न भएको छ । एकदिने यो कार्यक्रममा विभिन्न स्काउट प्याकका साना स्काउटहरूले नृत्य, गीत, चित्रकला, हस्तकला, वक्तृत्वकला प्रतियोगिता तथा मनोरञ्जनात्मक खेलमा सहभागिता जनाउँदै आफ्नो प्रतिभा उजागर गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय परिषद सदस्य भूवन सुब्बा, विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय परिषद सदस्य अरुण बस्नेत, विशेष अतिथि नेपाल स्काउट मेचीनगरका प्रमुख आयुक्त रीता थापा, अतिथि नेपाल स्काउट मेचीनगरकी शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बा, कार्यक्रममा स्काउटरहरु पुजा थापा, अमित राई, सगुना राई, विकास ग्वाल आदिको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त एवम् क्रयू लिडर शिवानी देवानको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

अतिथिहरूले बाल–स्काउटहरूको प्रस्तुतिसँगै यस्ता कार्यक्रमले नेतृत्व क्षमता, आत्मअनुशासन, आत्मविश्वास र सामाजिक कौशल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै निरन्तरता आवश्यक रहेको सुझाव दिए। उनीहरूले बाल–बालिकाले बाल्यकालदेखि नै सकारात्मक व्यवहार, सहकार्य र सेवा–भावनासँग जोडिन स्काउटिङ्गले ठूलो भूमिका खेलेको बताउँदै आयोजनाको प्रशंसा गरे। कार्यक्रममा झापा जिल्लाका ७ वटा विद्यालयका स्काउट प्याकहरुबाट २५० भन्दा बढी कब÷ब्राउनी स्काउटहरुको सहभागिता रहेको क्रयू लिडर सिवानी देवानले जानकारी दिनु भयो ।

प्रतियोगितात्मक सत्रमा विभिन्न प्याकका स्काउटहरूले आकर्षक प्रस्तुति दिए। नृत्यतर्फ ईष्ट होराइजन स्काउट प्याक प्रथम, फक्तालुङ दोस्रो र डोल्मा मेमोरियल तेस्रो भए। गीततर्फ डोल्मा स्काउट प्याकले पहिलो स्थान हासिल गर्‍यो भने फक्तालुङ र ईष्ट होराइजन क्रमशः दोस्रो र तेस्रो भए।

स्पून एन्ड मर्बलतर्फ बालक समूहमा अरूणोदयका रिजान यादव प्रथम, डोल्माका ईशान राजवंशी दोस्रो र स्मारिकाका अभिराज थापा तेस्रो भए। बालिका समूहमा स्मारिकाकी प्रियन्सु बराल प्रथम, अरूणोदयकी निमिसा राजवंशी दोस्रो र फक्तालुङकी प्रमिशा बास्तोला तेस्रो भइन्।

चित्रकलातर्फ बालक समूहमा स्मारिका प्रथम, फक्तालुङ दोस्रो र ईष्ट होराइजन तेस्रो भए। बालिका समूहमा अरूणोदय पहिलो, ईष्ट होराइजन दोस्रो र डोल्मा मेमोरियल तेस्रो भए।

ह्यान्डिक्राफ्टमा बालक तथा बालिका दुबै समूहमा ईष्ट होराइजन स्काउट प्याकले  पहिलो स्थान हात पार्‍यो। अरूणोदयले दोस्रो र फक्तालुङले तेस्रो स्थान प्राप्त गरे।

वक्तृत्वकला विधामा पनि प्रतिस्पर्धा उत्साहजनक रह्यो। बालक समूहमा ईष्ट होराइजनका स्काउट प्रथम बने भने डोल्मा मेमोरियल र फक्तालुङ क्रमशः दोस्रो र तेस्रो भए। बालिका समूहमा ईष्ट होराइजनले पुनः प्रथम स्थान हात पारे; स्मारिका दोस्रो र अरूणोदय तेस्रो भए। कार्यक्रमको अन्त्यमा विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्काउटहरूको प्रतिभा र व्यक्तित्व विकासमा लक्षित यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.