उदयपुर । उदयपुरमा बुधबार राती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती १०ः३० बजे बस्तीमा प्रवेश गरेको जंगली हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो।
उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले बताए। यस क्षेत्रमा बर्षेनी हात्ती बस्तीमा प्रवेश गरी मानवीय र धनजनको क्षति पुर्याउने गरेको छ।