२३ साउन, मेचीनगर : नेकपा एमालेका झापा जिल्ला नेता चन्द्रप्रसाद प्रसाईंलाई पितृशोक परेको छ । उहाँका ९३ वर्षीय पिता टिकाप्रसाद प्रसाईंको शुक्रबार राति निधन भएको छ ।
विसं १९८५ कार्तिक ८ गते ताप्लेजुङ्ग आठराईको निगुरादिन स्थित हाम्पाङ्गमा जन्मनु भएका स्वर्गीय प्रसाई २००७ सालमा मधेश झर्नु भएको थियो । हाल स्थायी रुपमा झापाको मेचीनगर—७ स्थित सतिघट्टामा बसोबास गदैं आउनु भएका स्वर्गीय प्रसार्इंको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएको र उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
गाउँघरमा ‘प्रसाईं बा’ भनेर कहलिएका उहाँले पञ्चायतकालिन अवस्थामा साविक ज्यामिरगढी गाउँ पञ्चायतमा गाउँ सभा सदस्यमा ह्याट्रि गर्नुभएको थियो । सतिघट्टाक्षेत्रका अनि उहाँ प्रसाई समाजका अग्रज ज्येष्ठ नागरिकको रुपमा परिचित हुनुहुन्थयो ।
उहाँका तीनछोरा बुहारी श्रीप्रसाद/तारा प्रसाई, विष्णु/अञ्जु प्रसाई र चन्द्रप्रसाद /अस्मिता प्रसाई हुनुहुन्छ । कान्छा छोरा चन्द्रप्रसाद प्रसाई युथफोर्स झापाका पूर्व अध्यक्ष, मदन भण्डारी स्पोर्टस् एकाडेमी झापा अध्यक्ष र मनि चेञ्जर व्यवसायी हुनुहुन्छ । माइला विष्णु नेपाली काँग्रेसका स्थानीय नेता हुनुहुन्छ । उहाँक सात छोरीहरु रामकुमारी, सावित्रा, लीला, हिमा, सुमित्रा, पवित्रा र प्रभा हुनुहुन्छ । उहाँकी जीवनसंगिनीको यस अघि नै मृत्यु भएको थियो । उहाँको शनिबार बिहान १०ः३० बजे स्थानीय मेची नदीमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।