२० मेचीनगर, मंसिर : १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भइरहदा नेपालका कुनै ठाउँमा दिपवाली गरिरह्दा नेपालकै अर्काे ठाउँमा नेपाली जनताले टाउँको र छातीमा प्रहरीको गोली खानुपरेको घटना अहिले पनि ताजै रहेको बताउनुभएको छ ।
सोमबार झापाको मेचीनगरमा जनता समाजवादी पार्टी नेपाल १ नमबर क्षेत्रीय समितिले आयोजना गरेको समायोजन तथा संगठन सुदृढीकरण जनजागरण अभियान कार्यक्रममा बोल्दैं पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएको मन्त्री यादवले उक्त कुरा बताउनुभएको हो ।
काँग्रेस र कम्यूनिष्ट पार्टीका नेताहरु जस्ले विश्वको उत्कृष्ट संविधान भन्दैं फास्ट ट्रयाकबाट संविधान जारी गरेको उदघोष गरे आज तिनै नेताहरु यो संविधान अपुरो र अपूर्ण छ भनिरहेको सुन्दा आफुहरु अचम्ममा परेको विचार राख्नुभयो । त्यसवेला आफ्नो पार्टीले यो संविधान पूर्ण छैन् यसले समग्र नेपाली जनताको भावनालाई हिमाल, पहाड तराई मधेशको भूगोललाई समेट्न सकेको छैन् सवैलाई समेटेर संविधान जारी गरौ भन्दा यी मधेशी समुदायका मान्छेहरु त भारतीय दलाल हुन् कहिबाट सञ्चालित छन् भन्नेहरु आज त्यही संविधानलाई यो अपूर्ण र अधुरो छ भनिरहेको मन्त्री यादवले स्पष्ट पार्नुभयो ।
उहाँले आफुहरु त्यही दिनदेखि यो संविधानको विरुद्घमा रहेको र अहिले पनि संविधान सच्याउनु पर्छ भन्ने पक्षमा रहेको उहाँको भनाई छ । तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद ओली केपी ओली नेतृत्व सरकारले आफैले विश्वकै उत्कृष्ट भनेको संविधान विरुद्घ प्रतिनिधि सभा विगठन गरेको र जनता समाजवादी पार्टी नेपालका नेतृत्वकर्ता उपेन्द्र यादवलगायतका नेताहरु, त्यस समय आन्दोलनको मोर्चामा रहेका अन्य राजनीतिक दलका नेताहरुले यहि संविधानलाई टेकेर प्रतिनिधी सभा पुनःस्थापना गराएको उहाँको दावी थियो ।
मन्त्री यादवले राजनीति भनेको पेशा नभए समाजसेवा भएको स्पष्ट पार्नुभयो । राजनीतिकको माध्यमले हामीले समाज सेवा गरेकै कारण आफ्नो पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल रहेको प्रष्ट पार्नुभयो । राजनीतिमा लाग्नु र समाज सेवामा लाग्नु मा के फरक छ सवैले बुझ्न्पर्ने उहाँको भनाई छ । ‘राजनीतिको माध्यमले हामी समाज सेवामा लागि रहेका छौं ।
राजनीतिक व्यवसाय होइन् । यो कुनै पेशा पनि होइन् । तर हाम्रो नेपालमा प्रधानमन्त्री भइसकेका व्यक्ति विदेश भ्रमणमा जादा सम्म आफ्नो पेशामा राजनीतिक लेख्ने गर्छन् । जस्ले गर्दा ठूलो जग हसाई हुन्छ । राजनीति भनेको पेशा होईन यो समाजसेवा हो । राजनीतिकको माध्यमले हामी समाजको सेवा गछौं ।,र हाम्रो पार्टीको नाम नै जनता समाजवादी पार्टी नेपाल हो मन्त्री यादवले भन्नुभयो ।’
विचार, सिद्घान्त र व्यवहार यी तीनै कुरा फरक देखाउन सकिएन भने जनता समाजवादी पार्टी नेपाल कसरी वैकल्पिक शक्ति नहुने भएकाले हाम्रा नेताहरुले यी कुरा फरक देखाएको भनाई उहाँको थियो । पार्टीको मुल मुद्घा संघीयता, समावेशी, समानुपातिक,धर्म निरपेक्षतालगयातका मुद्घाहरु जुन संविधानबाट प्राप्त गरेका छौ , यो प्राप्त अधिकारलाई हामी सवैले संस्थागत पनि गर्नुपर्ने उहाँको तर्क छ ।
जनता समाजवादी पार्टी नेपाल समाजवादी विचारधाराले जनताका बीचमा प्रस्तुत हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । जनताको बीचमा पार्टी जनता समाजवादी पार्टी नेपाल र त्यस पार्टीका कार्यकर्ता हामी समाजवादी विचारधाराले प्रस्तुत हुन्छौ भने पार्टीको संगठन बन्छ कि बन्दै्न भन्ने कुरा हामी स्वयम्ले विचार गर्नुपर्ने उहाँको भनाई छ । यो देशमा राजनीतिक दलहरुका अधिवेशन चलिरहेको र कतिका सम्पन्न भइसके पनि यी सवै पार्टीको विकल्पकारुपमा जनता समाजवादी पार्टी नेपाल निर्माणको क्रममा रहेको छ उहाँको भनाई छ ।
यति थोरै समयमा यति धेरै दलहरु समायोजन भएर बनेको पार्टी नेपालमा कुनै पार्टी नभएको उहाँले दावी गर्नुभयो । नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र, राप्रपालगयातका अन्य पार्टी भन्दा जनता समाजवादी पार्टीमा के फरक रहेछ भन्ने कुरा लिएर जनताका माझ जाने हो भने नेपाली जनताको आर्कषण त्यसै पनि यो पार्टीमा हुने उहाँको भनाई छ । काँग्रेस कम्यूनिष्ट पार्टीको विकल्पको रुपमा वैकल्पिक शक्तिको रुपमा आएको पार्टी नै जनता समाजवादी पार्टी हो भन्दै उहाँले यो पार्टीको नेतृत्व पनि विगतमा काँग्रेस कम्यूनिष्ट पार्टी निर्माण गर्ने र नेतृत्व सम्हालेका नेताहरु त्यहाँ आफ्नो हक, अधिकार पहिचान सुनिश्चित नहुने देखेर पार्टी छाडेपछि वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी निर्माण भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय नेताहरु भीमराज राई, खगेन्द्र माखिम, झापा अध्यक्ष दिपेनवाला राई, प्रदेश नेता केवलराम राई, १ नम्बर प्रदेश सभा सदस्य राधा थापा महिला नेतृ शर्मिला आङ्गदम्बे अग्निमाया मेचेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्गले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय समिति र प्रदेश नम्बर १ क र ख का पदाधिकारीहरुलाई मन्त्री यादवले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।