८ चैत, मेचीनगर : झापाका एकजना साहित्यकारले आफ्ना सन्तानलाई उच्च शिक्षा हासील गराउनैका लागि आफ्नो कृति बेच्दैं हिड्नु परेको छ । बिर्तामोड—७ गरामनी निवासी साहित्यकार निरोज दाहाल अहिले आफ्नो कृति पश्चताप नाट्य उपन्यास विधा बिक्री गदैं हिड्नुभएको हो । यो कृति पश्चताप उपन्यासको दोस्रो संस्करण हो ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण औपचारिक अध्ययन गर्न नसकेपनि अनौपचारिक अध्ययनको माध्यमबाट साहित्यिकक्षेत्रमा आवद्घ भएर कृति प्रकाशित गरेको लेखक दाहालको भनाई छ ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण दुई छोरीलाई उच्च शिक्षा अध्ययन र आफ्नो साहित्यिक क्षेत्रलाई अघि बढाउनका लागि आफ्नो रचना बिक्री गदैं हिड्नु परेको गुनासो उहाँको छ । लेखक दाहालका दुई छोरी इरोसी दाहाल कक्षा ४ र आरोही दाहाल कक्षा १ मा स्थानीय वेल्स मोडल एकाडेमीमा अध्ययनरत हुनुहुन्छ ।
कथाहरु लेख्ने क्रमलाई निरन्तरता दिदैँ आफु यो कृति प्रकाशित गरेर पाठक सामुन्ने पुर्याउने सोच राखे पनि घरको आर्थिक अवस्थाका कारण समयमै कृति पाठक सामु पुर्याउन नसकेको उहाँको दुखेसो छ । नाट्य उपन्यास पुस्तक लिएर बिर्तामोड नगरपालिका पुगेको, नगरपालिकाले कृति प्रकाशन गर्नका लागि आर्थिक संकलनका लागि सिफरिस गरिदिएको, त्यही सिफारिसकै आधारमा हरेक घर र गाउँ, संघ संस्थामा सहयोगका लागि पुगेको दाहालको भनाई छ ।
आफ्नो पहिलो कृति पश्चाताप रहेको उहाँको भनाई छ । यसैको माध्यमद्वारा आफूले पारिवारिक जीवन यापन गर्नुको अलवा चाँडै दोस्रो कृति शान्तिको बाटो उपन्यास पाठक सामू ल्याउने तयारी गरिरहेको उहाँको भनाई छ ।
६१ पृष्ठ लामो पश्चताप नाट्य उपन्यासको मुल्य २ सय रुपैयाँ छ । समाजको दर्पण र रितीहरुको अनुकरणलाई समेटेर नाट्य उपन्यास पश्चातापका माध्यमद्वारा समाज समक्ष पस्कने लेखक दाहालको पहिलो प्रयास अत्यन्तै सरहानीय र प्रशंसनीय रहेको क्षितिज नाट्य समूहका झापाका संयोजक माधव कल्पितको भनाई छ । उहाँको कृतिमा साहित्यकार झमक घिमिरे, माइनस प्लस संग्रौला, खिलप्रसाद शिवाकोटीलगायतले शुभकामनाका शब्द लेख्नुभएको छ ।