२३ चैत, मेचीनगर : ७५ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर काँकरभिट्टा बहुमखी क्याम्पसले बिहीबार प्रभात फेरि र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरेको छ ।
हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्ल्युएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । पहिलो विश्व स्वास्थ्य दिवस ७ अप्रिल १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।