२९ चैत, काँकडभिट्टा : नेकपा एमालेका सबै जिम्मेवारीबाट बिदा लिएर मंगलवारबाट स्वतन्त्र जीवन जिउने घोषणा गर्नुभएका नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुभएको छ । उहाँ तात्कालिन काँकडभिट्टा गाविसका अध्यक्ष समेत रहनुभएका नेता घिमिरे निर्वाचन क्षेत्र नम्वर १ झापा, नेकपा एमालेको संयोजक समेत रहनु भएको छ ।




केही घण्टा अघि मात्र नेकपा एमालेका सबै जिम्मेवारीबाट बिदा लिएर मंगलवारबाट स्वतन्त्र जीवन जिउने घोषणा गर्नुभएको थियो । उहाँको पोस्टमा पार्टी परित्याग गरे नगरेको स्पष्ट नभए पछि हामीले उहाँसँग सम्पर्क गरेका थियौ । हामीसँगको सम्पर्कमा उहाँले यस्तो बताउनुभएको हो ।
मेरो मेचीनगर डट कम न्युज पोर्टलसँग टेलिफोनमा कुराकानी गर्दै नेता घिमिरेले एमाले छाडेको जानकारी गराउनुभयो । हामीसँगको टेलिफोन सम्पर्कमा उहाँले अन्य कुनै पार्टीमा प्रवेश गर्ने कि नगर्ने भन्ने विषयको निष्कर्षमा नपुगेको र मंगलबार बिहान १० बजे काँकरभिट्टामा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो ।


एमाले उच्च स्रोतका अनुसार उहाँले नेकपा एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेशको तयारीमा रहनुभएको छ । तर, नेता घिमिरेले यस विषयमा केही बताउन चाहानु भएन । पार्टी परिवर्तन गरेर घिमिरेले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्वारी दिने तयारी भएको स्रोतको दाबी छ । नेता घिमिरेले घिमिरेले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको प्रमुख पदमा इच्छा व्यक्त गर्नुभयो । उहाँ पार्टीको आन्तरिक चुनावमै पराजित भए पछि नाम सिफारिस भएन । त्यस लग्तै उहाँले असन्तुष्ट जनाउँदै सामाजिक सञ्चालमार्फत आफ्नो विचार सार्वजनिक गर्नुभएको थियो । यसअघि प्रकाश खड्का, दिपक घिमिरे, मुक्ती पौडेल लगायतले समेत नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुसक्नुभएको छ ।