६ वैशाख, मेचीनगर : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताउनुभएको छ ।
झापा धुलाबारीमा मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिनुभयो । कुनै बहानामा हामीलाई अपमान गरिए त्यो सह्य हुनेछैन उहाँले भन्नुभयो कुनै दलको पुच्छर बन्न एकता सम्भव छैन् ।
गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको उद्घघोष गर्नुभयो । निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गर्दै खनालले थप्नुभयो निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो ।
नेकपा एकीकृत समाजवादीका पोलीब्युरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य पुष्पराज पोखरेल, नीलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, सुभद्रा भट्टराई, केन्द्रीय सल्लाहकार पुण्यप्रसाद खरेल, लक्ष्मी चित्रकार र खेलकुद मंहासघका प्रदेश १ का संयोजक शंकर थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यालय उद्घाटनका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादी पार्टीका मेचीनगर अध्यक्ष अर्जुन पौडेलले र सञ्चालन नगर सचिव हरिप्रसाद तिम्सिनाले गर्नुभएको थियो ।