Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

प्रेस क्लब मेचीनगरको अधिवेशन सम्पन्न : मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

अध्यक्षमा डम्वर बराल निर्वाचित

  • दुर्गाबहादुर लुइटेल दुर्गाबहादुर लुइटेल
  • August 6, 2022
  • 7:46 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि, स्थानीय समाचार
0 0
A A
94
सेयर
3.9k
हेरिएको
Share on FacebookShare on Twitter
प्रेस क्लब मेचीनगरको अधिवेशन सम्पन्न :   मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

२१ साउन, मेचीनगर : प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक सञ्चारमाध्यमको उन्नति र विकासका लागि सक्रिय रहने विश्वास दिलाउनुभयो ।

हरेक गाउँघरमा समाचार रहेपनि त्यहाँ सञ्चारकर्मीको ध्यान नपुगेको भन्दैं हरेक सञ्चारमाध्यम आवाज विहिनहरुको आवाज बन्न नगरप्रमुख बुढाथोकीले आग्रह गर्नुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले पत्रकारीता राज्यको चौथो अंग भएकाले त्यसको मर्यादा प्रति हरेक सञ्चारकर्मीले ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकार बन्न तोकिएको मापदण्ड पुरा गर्न आग्रह गर्दै उपप्रमुख उप्रेतीले पत्रकारहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले कार्यक्रमको सभापतित्व गर्दै कार्य समितिकातर्फबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७७ साल असोज १० गतेबाट आफ्नो नेतृत्वमा भएको समितिले दुईवर्षको अवधिमा भए गरेका कार्यलाई अध्यक्ष उप्रेती प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । कार्यक्रमको उद्घाटन सत्रमा मेचीनगर वडानम्बर ६ का वडाअध्यक्ष ललितबहादुर तामाङ, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्य, अग्रज पत्रकार जीएन शर्मा, पूर्व अध्यक्ष मुक्ति पौडेल, ज्ञानेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोहि अवसरमा क्लबले प्रदान गर्ने मेचीनगर पत्रकारिता पुरस्कार ज्ञानेन्द्र निरौला र मेचीनगर पत्रकारिता प्रोत्साहन पुरस्कार युवराज आचार्यलाई प्रदान गरियो । मेचीनगर पत्रकारिता पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँ तथा मेचीनगर पत्रकारिता प्रोत्साहन पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान पत्र रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, संस्थापक अध्यक्ष सन्तोष आचार्यले अविर टीका र खादा पहिर्याउनुभएको थियो । पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक तथा संस्थापक अध्यक्ष आचार्यले दुबैजनाको नाम घोषणा गर्नुभएको थियो भने अग्रज पत्रकार जीएन शर्माले उहाँहरुको जीवनीमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव जिआर धितालले गर्नुभएको थियो भने पत्रकारजन्य संघ संगठनका प्रमुख प्रतिनिधि, जनप्रतिनिधिहरुलगायत ठूलो संख्यामा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

अध्यक्षमा डम्वर बराल निर्वाचित

अधिवेशन पश्चात नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा आगामी दुईवर्षे कार्यकालका लागि प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्वर बराल निर्वाचित हुनुभएको छ । प्रेस यूनियन, प्रेस संगठन, समाजवादी प्रेस संगठनकातर्फबाट साझा उम्मेद्वार बन्नु भएका बराल प्रेस चौतारीका अध्यक्षका उम्मेद्वार शिशिर चौलागाईँलाई १ मतले पराजित गदैं अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक सन्तोष आचार्यले जानकारी दिनुभयो । बरालले २४ र चौलागाईँले २३ मत प्राप्त गर्नुभएको थियो ।


उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार जिआर धिताल २५ मत प्राप्त गर्दै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी प्रेस चौतारीका खगेन्द्र घिमिरेले २२ मत प्राप्त गर्नुभएको निर्वाचन समिति सदस्य विश्व थापाले बताउनुभयो । सचिवमा गठबन्धनका देबु बानियाँ २८ मतका साथ विजयी बन्नुभयो भने उहाँका प्रतिस्पर्धी प्रेस चौतारीका हेमन्त निरौलाले १९ मतमा चित्त बुझाउनु पर्यो । सहसचिवमा सर्वाधिक मत प्राप्त गदैं गठबन्धनका उम्मेद्वार दिलिप थापा निर्वाचित हुनुभयो । थापाले कुल खसेको मत मध्ये ३० प्राप्त गर्दा अर्का सहसचिवका उम्मेद्वार प्रविन अधिकारीले १७ मत प्राप्त गर्नुभयो ।

समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिशा शर्मा निर्विरोध हुनुभयो । सदस्यहरुमा सुजन प्रधान, विश्वास दाहाल, नेहाल दर्जी, गगन ढकाल, होमराज राई, विकास देवकोटा निर्विरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ । कुल ५९ जना मतदातामध्ये ४७ जनाले मतदानमा भाग लिइएका थिए ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २४ गते मंगलबार)

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २२ गते आइतबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In